कोरोना भाइरस नेपाल: थप नौ जनासहित कुल सङ्क्रमितको सङ्ख्या ५१६

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, RSS

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको विवरणअनुसार थप नौ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ।

पछिल्लो सङ्क्रमण पुष्टि हुनेहरूमा हेटौँडा, भक्तपुर सप्तरी र बाराका बासिन्दाहरू रहेका बताइएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएका छन्।

यसअघि अपराह्ण मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप २० व्यक्तिमा कोभिड-१९ देखिएको बताएका थिए।

बिहान मन्त्रालयले ३० जनामा कोभिड-१९ पुष्टि भएको बताएको थियो।

उनका अनुसार बाँकेमा २१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। उनीहरू सबै नेपालगन्जका हुन्।

देशभरि भाइरसमुक्त भएर निको हुनेको सङ्ख्या ७० पुगेको छ।

विगत २४ घण्टामा देशभरि ३,८१९ वटा परीक्षण गरिएको डा. देवकोटा ले बताए।

अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड-१९ भेटिएको छ। सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन्।

डा. देवकोटाका अनुसार दिउँसोसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार दिउँसोसम्म देशभरि २७,८२९ जना क्वारन्टीनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै थिए।

प्रदेश नं ५ मा १५,९९९ जना क्वारन्टीनमा थिए। त्यसैगरी प्रदेश नं २ मा ५,९०६ जना र सुदूरपश्चिम प्रदेशमा २,६२९ जना थिए।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस

जेठ ९ गते बिहीवार साँझ ८ः१५ बजेसम्मको तथ्याङ्क

  • ५१६कुल सङ्क्रमण

  • कुल मृत्यु

  • पीसीआर विधिबाट परीक्षण ४२,४८८

  • देशभरि क्वारन्टीनमा२७,८२९

  • अहिलेसम्म कोरोनाभाइरसमुक्त भएका सङ्क्रमित७०

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

को हुन् सङ्क्रमित?

साँझ थपिएका सङ्क्रमितमध्ये मकवानपुर, भक्तपुर र सप्तरीका एक-एक जना छन् बाराका छ जना छन्।

वीरगन्जस्थित बीबीसी संवाददाताका अनुसार बाराको सिम्रौनगढमा फेला परेका छ सङ्क्रमितलाई सिम्रौनगढस्थित क्वारन्टीनबाट कलैयाको विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

उनीहरू विभिन्न मितिमा भारतबाट आएका थिए।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीलाई छ जनामा सङ्क्रमण देखिएको सूचना आएकोले उनीहरूलाई आइसोलेशनमा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ।

डा. देवकोटाका अनुसार कैलालीका तीन जना, डडेलधुराका एक जना, बैतडीका एक जना, बाँकेका १४ जना र मोरङका एक जनामा सङ्क्रमण देखिएको हो।

कैलालीका सङ्क्रमितहरू क्‍वारन्टीनमा भएका व्यक्ति हुन्।

बाँकेका सङ्क्रमितमध्ये एक जना राप्ती सोनारीका र १३ जना नरैनापुरका हुन्।

बिहान पुष्टि भएका ३० जनामध्ये चार जना नवलपरासीका, दुई जना चितवनका, नौ जना कपिलवस्तुका र १५ जना सर्लाहीका हुन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण
कोरोनाभाइरस ब्यानर