कोरोना भाइरस नेपाल: थप नौ जनामा सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३०० नाघ्यो

कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

नेपालमा थप नौजनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाण्डूमा गरिएको परीक्षणमा थप नौजनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ३०४ पुगेको छ।

सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठजना रौतहटका हुन। ती मध्य सातजना पुरुष र एकजना महिला छन्।

बाराका एकजना ३८ वर्षीय पुरूष पनि सङ्क्रमित भएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

यसअघि आइतवार पनि रौतहटमा १० जना नयाँ सङ्क्रमित फेला परेका ‍थिए।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित रौतहट ईशनाथ नगरकालिकाका सातजना र माधवनारायण नगरपालिकाका एकजना र बारा करैयामाइका एकजना छन्।

'धमाधम आउँदैछन्'

रौतहटको ईशनाथ नगरपालिकाका प्रमुखले भारतबाट आएकाहरूमा आइतवार सङ्क्रमण पुष्टि भएको जनाएका थिए।

नगर प्रमुख सन्तोष कुमार मेहताका अनुसार उनीहरू दिल्लीबाट आएका थिए।

उनले भने, "अहिले २०० जना जति क्वारन्टीनमा छन्। अरु पनि आइरहेका छन्।"

मेहताले करिब १,२०० लाई राख्न सकिने गरी क्वारन्टीनको व्यवस्था गरिएको जानकारी दिए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर