तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तेक्वान्दो इन लकडाउन: स्वर्ण विजेता आमा आयशा शाक्यको छोरालाई प्रशिक्षण
सधैजसो तालिममा व्यस्त रहने प्रसिद्ध तेक्वान्दो खेलाडी आयशा शाक्यलाई अहिलेको लकडाउनले छोराहरूसँगको आत्मीयता बढाउने सुनौलो अवसर भएको छ।
लकडाउनको सदुपयोग गर्दै उनले छोरालाई तेक्वान्दोको तालिम दिइरहेकी छिन्।
उनी भन्छिन्का, "काममा धेरै व्यस्त भइरहने भएकाले छोराहरूसँग धेरै समय बिताउन पाएकी थिइन। उनीहरूको केही बानीबेहोरा नै बिर्सिसकेकी थिए। तर यो लकडाउनले हामीबीच आत्मीयता बढाएको छ।"
शाक्य नेपालकी प्रसिद्ध तेक्वान्दो खेलाडीमध्ये एक हुन्। शाक्यले गत वर्ष नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकुदमा दुई स्वर्ण पदक जितेकी थिइन्।
कसरी बिताइरहेकी छिन् उनले छोराहरुसँग समय? हेर्नुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।
अनि यो पनि: