तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: उच्च जोखिमयुक्त क्षेत्रमा के हुन्छ?
काठमाण्डू उपत्यका र भारतसँग सीमा जोडिएका जिल्लासहित झन्डै २८ जिल्लालाई कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने ‘रेड जोन’ अर्थात् सबैभन्दा उच्च जोखिम भएको क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
सङ्क्रमणको जोखिम र सङ्क्रमितको सङ्ख्याका आधारमा सरकारले रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी आन्तरिक रूपमा तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले सङ्क्रमण सङ्ख्या कम देखिएपनि काठमाण्डू उपत्यकालाई ‘रेड जोन'मा राखिएको हो।
'रेड जोन' सबैभन्दा उच्च जोखिम भएको क्षेत्र हो र ‘ग्रीन जोन’ ले सुरक्षित क्षेत्रलाई सङ्केत गर्छ। झन्डै एक महिना नयाँ सङ्क्रमित नभेटिएका जिल्ला ग्रीन जोन हुने बताइएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि