तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: यी हुन् मिथ्या वा खराब स्वास्थ्य सुझाव
- Author, रियालीटी चेक टिम
- Role, बीबीसी न्यूज
विश्व कोरोनाभाइरसको महामारीसँग जुझिरहँदा व्यापक रूपमा स्वास्थ्यसम्बन्धी सुझावहरू दिइएका छन्।
त्यसमा अनुपयोगीदेखि जोखिमरहित र जोखिमपूर्ण किसिमका चेतावनीहरू रहेका छन्।
मदिरा सेवनले भाइरसलाई रोक्दैन
यो निरन्तर आइरहेको मिथ्या अनि सम्भावित रूपमा जोखिमपूर्ण सूचना हो।
एकजना राजनीतिज्ञले भारतमा लकडाउनको अवधिमा बन्द भएका मदिरा पसलहरू तत्कालै खुलाउनुपर्ने माग गरेका थिए।
राजस्थान राज्यका कंग्रेस पार्टीका सांसद भरत सिंह भन्छन्, "जब कोरोनाभाइरसलाई रक्सीको प्रयोग गरी हात धोएर हटाउन सकिन्छ भने मदिरा पिउँदा हामीले भाइरसलाई घाँटीबाटै अवश्य पनि हटाउन सक्छौँ।"
तर यसको कुनै वैज्ञानिक प्रमाण छैन।
र, विश्व स्वास्थ्य सङ्गठनले मदिरा सेवन भाइरस रोकथामको उपाय नभएको जनाएको छ अनि त्यसले अरू स्वास्थ्य समस्या बढाउने उल्लेख गरेको छ।
डब्ल्यूएचओ र अरू स्वास्थ्य निकायका अधिकारीहरूले हात सफा गर्न प्रयोग गरिने स्यानिटाइजर जस्ता झोलमा रहेका रक्सीको मिश्रण प्रयोग गर्न सुझाव दिएका छन्।
सास रोकेर तपाईँलाई सङ्क्रमण छ कि छैन थाहा पाउन सकिँदैन
धेरै देशमा सास रोकेर कोरोनाभाइरसको सङ्क्रमण भए वा नभएको थाहा हुने भन्ने दाबी फैलिएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
भारतका लोकप्रिय योगगुरु रामदेवले वयस्क व्यक्तिले स्वस्थ्य रहन पूरै एक मिनेट र ज्येष्ठ नागरिकले ३० सेकेन्ड सास रोक्नुपर्ने बताएका थिए।
उनले यदि कसैले त्यसरी सास रोक्न सकेन भने त्यसले भाइरस रहेको सङ्केत गर्छ भनेका छन्। तर यो दाबीको कुनै वैज्ञानिक आधार छैन।
तोरीको तेल प्रभावकारी उपचार होइन
बाबा रामदेवले नै नाकको प्वालमा तोरीको तेलको केही थोपा हालेर श्वासप्रश्वासको परीक्षण गर्न सुझाएका छन्।
साथै उनले तेलले भाइरसलाई श्वासप्रश्वास प्रणालीबाट तल पेटमा पठाउने र त्यहाँको अम्लीय पदार्थले भाइरसलाई नष्ट पारिदिने बताएका थिए।
भारतमा लोकप्रिय रामदेवले कैयौँ उत्पादन गर्ने विशाल व्यापारिक साम्राज्य खडा गरेका छन्।
भारत सरकारको आफ्नै तथ्यजाँचले उनको भनाइलाई खारेज गरिदिएको छ।
निःसङ्क्रमण गर्ने वस्तु (डिसइन्फेक्ट्यान्ट) र पराबैजनी किरणसम्बन्धी दाबी
अमेरिकी राष्ट्रपति डोनल्डले यो अवधारणा अघिल्लो महिना पत्रकार सम्मेलनका क्रममा निःसङ्क्रमण गर्ने वस्तु (डिसइन्फेक्ट्यान्ट) बिरामीको शरीरमा सुईमार्फत् लगाउन सकिने बताएका थिए।
त्यसपछि त्यो कुरा कैयौँ देशमा उठेको छ र सामाजिक सञ्जालमा पनि यो विषय बारम्बार दोहोर्याइएको छ।
डिसइन्फेक्ट्यान्टले सतहमा रहेका भाइरसहरू मात्रै मार्ने गर्छ। यसलाई सेवन गर्नु वा सुईबाट शरीरमा दिँदा ज्यानसम्म जान सक्छ।
र, यसले भाइरसलाई पुर्याउने असरबारे कुनै प्रमाण फेला परेको छैन।
राष्ट्रपति ट्रम्पले बिरामीहरूलाई पराबैजनी किरणको प्रकाश दिएर उपचार गर्न सकिने पनि बताएका थिए।
सूर्यको प्रत्यक्ष किरण परेको अवस्थामा सतहमा भाइरस लामो समयसम्म बाँच्न नसक्ने केही प्रमाण देखिएका छन्।
तर त्यसले मानिसका कोषहरूलाई नष्ट पार्न सक्छ। र, पराबैजनी किरण कोरोनाभाइरस सङ्क्रमणको उपयुक्त उपचार हो भन्ने प्रमाणित भएको छैन।