कोरोनाभाइरस: चीनमा कोभिड-१९का कारण मृत्यु हुने मानिसको सम्झनामा मौनधारण

सम्मान

तस्बिर स्रोत, AFP

कोरोनाभाइरस महामारी फैलिन थालेको देश चीनमा करोडौँ मानिसहरूले कोभिड-१९ का कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरेका छन्।

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले रोकिएर आफ्नो शिर झुकाएका छन्। त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो।

चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोभिड-१९ का कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

देशव्यापी मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ।

वुहानका चिकित्सक

चीनमा सम्मान

तस्बिर स्रोत, Getty Images

श्वासप्रश्वाससम्बन्धी एउटा नौलो सङ्क्रामक रोग लगाउने कोरोनाभाइरस फैलिरहेको ठहर गरी आफ्ना सहकर्मीहरूलाई सचेत गराउने प्रयास गरेका वुहानमा कार्यरत चिकित्सक लि वेन्लियाङ तथा अन्य स्वास्थ्यकर्मीहरूले पनि कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाए।

ती चिकित्सकलाई चुप लगाउन उच्च अधिकारीहरूले दबाव दिएका विवरणहरू बाहिरिएका थिए।

यसैबीच दिवङ्गत मानिसको सम्झना गरिने चिन्मिङ पर्वका अवसरमा धेरै मानिसहरूले मृत्यु भएका आफ्ना आफन्तजनलाई डिजिटल प्रविधिको प्रयोग गर्दै सम्मान अर्पण गरेका विवरण प्राप्त भएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

अमेरिकाको अवस्था

अमेरिकामा भाइरस सङ्क्रमणपछि मृत्यु हुने मानिसको सङ्ख्या बढेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले सङ्क्रमण फैलिन नदिन नयाँ निर्देशन जारी गर्न स्वास्थ्य अधिकारीहरूलाई अह्राए।

त्यसपछि अमेरिकामा सबैलाई सार्वजनिक स्थलमा अनुहार छोप्न निर्देशन दिइएको छ। तर ट्रम्प आफैँले त्यस्तो निर्देशन अनिवार्य नहुने भन्दै आफूले त्यसलाई पालना नगर्ने बताएका छन्।

अमेरिकामा एकै दिनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १,३०० पुगेको छ। त्यो विश्वमै २४ घण्टाको अवधिमा अहिलेसम्म अभिलेख राखिएको सर्वोच्च मृत्युदर हो।

कोभिड-१९ का कारण न्यूयोर्क राज्य अतिप्रभावित रहेको छ।

त्यहाँका प्रमुख प्रशासकले देशका अन्य भूभागबाट सहयोगका लागि अनुरोध गरेका छन्। उनका अनुसार न्यूयोर्कमा अहिलेसम्म झन्डै ३,००० बिरामीको ज्यान गइसकेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबाट जोगिन दुई मिटर दूरी कसरी राख्ने?