कोरोनाभाइरस: के औलोको औषधि क्लोरोक्वाईन अमेरिकामा कोभिड-१९ उपचारका लागि स्वीकृत भइसक्यो?

तस्बिर स्रोत, Reuters
- Author, रीयालिटी चेक टीम
- Role, बीबीसी न्यूज
अमेरिकी राष्ट्रपति ट्रम्पले मलेरिया अर्थात् औलोविरुद्ध प्रयोग हुने औषधि नयाँ कोरोनाभाइरसविरुद्ध पनि प्रयोग गर्न अमेरिकामा स्वीकृति दिइएको बताएका छन्।
क्लोरोक्वाइन औलोविरुद्ध प्रयोग गरिने पुरानो र प्रभावकारी औषधि हो।
त्यसोभए के राष्ट्रपति सही छन् त? यसको प्रभावकारिताबारे हामीलाई के थाहा छ?
क्लोरोक्वाईन औषधि दशकौँदेखि प्रचलनमा छ। अफ्रीकाका कैयौँ ठाउँमा भने यसविरुद्ध औलोका परजीवीले प्रतिरोधी क्षमता विकास गरिसकेको हुनाले यो औषधि अचेल उपयोग गरिँदैन।
केही देशले यसको उपयोगमा नियन्त्रण पनि गरेका छन्। तर अझै पनि सक्रिय निजी औषधि निर्माता रहेका बजारमा यो औषधि निकै चलेको छ।
नाइजिरियामा ट्रम्पको भनाइपश्चात् यो औषधिको माग धेरै बढेको विवरण आएका छन्। औषधि पसलमा यसको अभाव हुन थालेको छ।
के कोभिड-१९ को उपचारमा क्लोरोक्वाईनले स्वीकृति पाएको छ?
राष्ट्रपति ट्रम्पले आफ्नो दैनिक पत्रकार भेटघाटमा क्लोरोक्वाईनलाई कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न अमेरिकी खाद्य एवम् औषधि प्रशासन निकाय (एफडीए)ले स्वीकृत गरेको बताएका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
"हामी त्यो औषधि तत्काल उपलब्ध गराउँछौँ। एफडीएले स्वीकृत गर्ने प्रक्रिया गरिसकेको छ।"
स्पष्ट कुरा के हो भने क्लोरोक्वाईनलाई औलो तथा बाथ रोगविरुद्ध प्रयोग गर्न स्वीकृति मिलेको छ। तर एफडीए ले यसको प्रयोग कोरोनाभाइरसको उपचारका लागि स्वीकृत नभइसकेको बताएको छ।
"हालसम्म कोभिड-१९ को उपचार वा रोकथाम गर्न एफडीए ले कुनै औषधि वा विधि स्वीकृत गरिसकेको छैन।"
तर एफडीएले क्लोरोक्वाईन कोभिड-१९ विरुद्ध प्रभावकारी हुन्छ कि हुँदैन भनेर अध्ययन भने भइरहेको जनाएको छ।

तस्बिर स्रोत, Reuters
विश्वभरि अध्ययन कुन अवस्थामा छ?
क्लोरोक्वाईन कोरोनाभाइरसका बिरामीहरूलाई सहयोग गर्ने प्रयासको एक पाटो भएको साँचो हो।
यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो। औलोका बिरामीलाई यसले ज्वरो तथा सूजन कम पार्न सहयोग गर्छ।
"प्रयोगशालामा गरिएका अध्ययनहरूमा क्लोरोक्वाईनले कोरोनाभाइरसलाई रोक्ने देखिएको छ। साथै कतैकतै चिकित्सकहरूले यसले काम गरेको पनि बताएका छन्," बीबीसीका स्वास्थ्य संवाददाता जेम्स ग्यालहरले बताए।
तर महत्त्वपूर्ण कुरा के हो भने खास बिरामीहरूमा यसले कस्तो असर पार्छ भनेर पूर्ण "क्लिनिकल" प्रयोग भएको छैन। तर त्यस्ता परीक्षण चीन, अमेरिका, यूके र स्पेनमा थालिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले यसको स्पष्ट प्रभावकारिता थाहा नभइसकेको बताएको छ।
"काम गर्छ कि गर्दैन भनेर स्पष्ट जान्नका लागि क्लिनिकल ट्रायल गरिनुपर्छ," अक्स्फर्ड विश्वविद्यालयका ग्लोबल हेल्थ नेटवर्कका निर्देशक प्राध्यापक ट्रुडी लाङ्ले बताए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
तर यो औषधिप्रतिको रुचि भने बढ्न थालिसकेको छ।
गुगलले क्लोरोक्वाईनबारे मानिसहरूले इन्टर्नेटमा खोजी निकै गर्न थालेको जनाएको छ।
अनि व्यवसायी इलोन मस्कले यसको अनुसन्धानबारे ट्वीट गरेपछि झन् त्यसबारे चासो बढ्यो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ


नाइजिरियामा किन विक्री बढ्यो ?
अफ्रिकी मुलुक नाइजिरियाका प्रत्येक गिर्जाघर, मस्जिद वा स्कूलमा कोरोनाभाइरस प्रकोपबारे चर्चा भइरहेको छ।
त्यहाँ सन् २००५ मै प्रतिबन्ध लगाइएको भए पनि कतिपय नाइजिरियाली घरपरिवारमा मलेरियासँग लड्न क्लोरोक्वाईन भएको ट्याब्लेट प्रयोग गर्ने चलन छ।
फेब्रुअरीमा चीनमा क्लोरोक्वाईनको कोरोनाभाइरसको उपचारमा प्रयोगबारे अध्ययन भएको भन्ने खबर आएपछि राजधानी लागोसमा निकै चर्चा चल्यो र मानिसहरूले त्यो घरमा थुपार्न थाले।
राष्ट्रपति ट्रम्पको टिप्पणीपश्चात् उक्त प्रवृत्ति झन् बढ्यो। औषधि पसलहरूबाट त्यो औषधि रित्तिन थाल्यो।
तर नाइजिरियाको रोग नियन्त्रण निकायले मानिसलाई त्यसको प्रयोग नगर्न भनेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
"विश्व स्वास्थ्य सङ्गठनले क्लोरोक्वाईनको प्रयोगमा स्वीकृति दिएको छैन।"
सो निकायले मानिसहरूलाई आफूखुसी उक्त औषधि नखान पनि भनेको छ।
बीबीसी संवाददाता ड्यान्यल सेमेनिवोरिमा भन्छन् - मानिसहरूले सुरक्षित रहन त्यत्तिकै निर्णय लिन थालेका छन् जसले घातक परिणाम पनि ल्याउन सक्छ।
लागोसमा अचेल क्लोरोक्वाईन धेरै खाएर मानिसहरू बिरामी पर्न थालेको घटना बढेका छन्।
(यस सामग्रीका लागि ज्याक गुडम्यानले रिपोर्टिङ गरेका छन्)









