कोरोनाभाइरस: जनचासोका ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

महिला

तस्बिर स्रोत, Getty Images

कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।

पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ।

१. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? - जिलियान गिब्स

वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो लक्षण देखिन सक्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले लक्षण नदेखिने अवधि बढीमा १४ दिनसम्म हुने जनाएको छ। तर केही अनुसन्धानकर्ताहरू त्यो अवधि २४ दिनसम्म हुन सक्ने ठान्छन्।

त्यो अवधिबारे जान्नु र बुझ्नु निकै महत्त्वपूर्ण हुन्छ। त्यसले भाइरसको सङ्क्रमणको प्रकोप थप प्रभावकारी ढङ्गले नियन्त्रण गर्न चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूलाई अवसर दिन्छ।

. कोरोनाभाइरस लागेर सन्चो भएपछि त्यसबाट पूर्ण रूपमा मुक्त भइन्छ? -रुबीरेड, ट्वीटर

त्यसो भनिहाल्नु निकै हतार हुन्छ। यो भाइरस डिसेम्बर महिनाको अन्त्यदेखि मात्र देखिएको हो। तर कोरोनाभाइरस र अन्य भाइरस बारेका अनुभवले तपाईँमा रोगप्रतिरोधक क्षमता हुनुपर्छ जसले सङ्क्रमणबाट जोगाउँछ।

सार्स र अन्य कोरोनाभाइरसहरूबाट हामीले पुन: सङ्क्रमण भएको देख्नुपरेको छैन। चीनमा अस्पतालबाट फिर्ता पठाइएकाहरूमा पनि फेरि सङ्क्रमण देखिएका समाचारहरू आएका छन्।

तर ती परीक्षणहरूबारे निश्चिचिन्त भएर केही भन्न सकिने अवस्था छैन।

मुख्य कुरा उनीहरूमा अहिले सङ्क्रमित छैनन्।

. कोरोनाभाइरस र फ्लुबीच के फरक छ? -ब्रेन्ट स्टार,ओरेगन, अमेरिका

कोरोनाभाइरस र फ्लुका कैयौँ मिल्दाजुल्दा लक्षण हुन्छन्। परीक्षणविना त्यो पत्ता लगाउन गाह्रो हुन्छ।

मुख्य रूपमा कोरोनाभाइसको सङ्क्रमणमा ज्वरो र खोकी देखिन्छ। फ्लुमा सामान्यता अन्य लक्षण पनि हुन्छन्। जस्तो स्वर भासिने। जबकि कोरोनाभाइरसका कारण सास फेर्न गाह्रो हुन्छ।

. अलग बस्दा के गर्ने? - एलान गेल,चेशायर

सेल्फ आइसोलेसन भनेको १४ दिनका निम्ति घरमा अलग भएर एक्लै बस्नु हो। काम, स्कूल वा सार्वजनिक स्थालमा नजाने र ट्याक्सी वा सार्वजनिक यातायात प्रयोग गर्नु हो। घरभित्रै पनि अन्य व्यक्तिबाट छुट्टै बस्नुपर्छ।

केही सामानको खाँचो परेमा घर-कोठाको सङ्घारसम्म मगाउन सकिन्छ। तर कसैसँग भेट्नु हुँदैन।

घरपालुवा जनावरबाट पनि टाढै रहनुपर्छ। यदि त्यो सम्भव नभए तीनलाई छुनुअघि र पछि हात धुनुपर्छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

. दम भएका मानिसका निम्ति कोरोनाभाइरस कति खतरनाक हुन्छ? - लेस्लीएयान, यूके

कोरोनाभाइरस जस्ता श्वासप्रवासको सङ्क्रमणले दमको असर झन् बढाउन सक्छ।

आज्मा यूकेको सल्लाह यस्तो छ: भाइरसका कारण जसलाई चिन्ता छ उनीहरूलाई दमबाट जोगिन शृङ्खलाबद्ध रूपमा विभिन्न उपायहरू अपनाउनुपर्छ।

जस्तो चिकित्सहरूले दिएको सल्लाह अनुसार दम रोक्नका निम्ति सुघ्ने र तान्ने औषधिको नियमित प्रयोग गर्नुपर्छ।

त्यसले कोरोनाभाइरस लगायतका श्वासप्रश्वासलाई प्रभावित पार्ने भाइरसको आक्रमणको जोखिम कम गर्छ।

कोरोनाभाइरस
Presentational white space

. स्कूल बन्द हुँदा अभिभावकलाई आर्थिक सहयोग हुन्छ? - रिचार्ड, इस्टले

रोजगारदाताले घरेलु समस्या टार्ने जोहो गर्न तपाईँलाई अवसर दिनुपर्छ तर उनीहरूले रकम दिँदैनन्।

त्यो समयभित्र तपाईँले पर्याप्त व्यवस्था गर्नुपर्छ। तपाईँले बेतलबी बिदा पनि लिन सक्नुहुन्छ।

यदि तपाईँलाई सङ्क्रमण भएमा सुविधानको निम्ति आवेदन दिन सरकारले नियमहरू खुकुलो बनाएको छ।

भाइरस

तस्बिर स्रोत, Getty Images

. के ढोकाको ह्यान्डलबाट पनि सङ्क्रमण सर्छ र त्यसमा कति समयसम्म भाइरस रहन्छन्? - जीन जिमेने,पनामा

यदि भाइरस सङ्क्रमित कुनै मानिसले खोक्दा हातले छोप्यो र उसले केही छोयो भने त्यो आसपासमा भाइरस फैलिन सक्छन्।

ढोकाको ह्यान्डल त्यस्तो जोखिम हुन सक्ने एउटा राम्रो उदाहरण हो।

भाइरस त्यस्ता ठाउँमा केही दिन जीवित रहन सक्ने विज्ञहरूको ठम्याइ छ।

त्यसैले भाइरसको विस्तार र सङ्क्रमणको जोखिम कम गर्न नियमित रूपमा हात धुनु राम्रो हुन्छ।

. सार्वजनिक स्वीमिङ पुल(पौडी पोखरी) मा पौडी खेल्नु सुरक्षित हो? -एयानेट चेस्टर

अधिकांश स्वीमिङ पुल (पौडी पोखरी) को पानीमा भाइरस मार्न सक्ने क्लोरिन भनिने रसायन मिसाइएको हुन्छ। त्यसैले क्लोरिन राम्ररी मिसाइएको भए स्वीमिङ पुलको प्रयोग सुरक्षित हुनुपर्छ।

तर यदि उनीहरूबाट ढोकाको ह्यान्डल वा त्यस क्षेत्रमा भाइरस छरिएका छन् भने तपाईँलाई भवन वा कपडा फेर्ने कोठामा सङ्क्रमित व्यक्तिबाट भाइरस सर्न सक्छ।

र, सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा नजिकै रहेको मानिसलाई सर्न सक्छ।

हात धुने तरिका

. कोरोनाभाइरस सार्ने वा सङ्क्रमित हुने जोखिम कम गर्न मैले मास्क लगाउन थाल्नुपर्छ? - आन हार्डम्यान, म्यानचेस्टर

चिकित्सक र सर्जनले मुखमा सधैँ मास्क लगाउँछन्, तर सर्वसाधारणले लगाउँदा त्यसले फरक पार्छ भन्ने निकै कम प्रमाण छन्।

पब्लिक हेल्थ इङ्गल्यान्डले कोरोनाभाइरसबाट जोगिने उद्देश्यले मास्क लगाउन आफूले सिफारिस नगर्ने बताएको छ।

स्वास्थ्य निकायबाहिर मास्कको प्रयोगले सङ्क्रमणबाट जोगिन फाइदा गर्ने भन्ने निकै कम प्रमाण भएको उसको भनाइ छ।

विज्ञहरूले नियमित हात धुने र मुखमा हात पुर्‍याउने बानी रोक्ने जस्ता स्वस्थ वातावरण निकै प्रभावकारी हुन्छन्।

१०. बालबालिकामा कत्तिको जोखिम हुन्छ? - लुइस,लन्डन

चीनको तथ्याङ्क अनुसार सामान्यतया कोरोनाभाइरसबाट बालबालिका तुलनात्मक रूपमा कम सङ्क्रमित भएको देखिएको छ।

उनीहरूमा सङ्क्रमणविरुद्ध सहजै लड्न सक्ने क्षमता भएकोले यस्तो भएको हुनुपर्छ।

उनीहरूमा सामान्य रुघाखोकी जस्तो वा कुनै लक्षण देखिँदै नदेखिने कारणले पनि यस्तो भएको हुनसक्छ।

भाइरस

तस्बिर स्रोत, Getty Images

तर आज्माजस्ता फोक्सोका समस्याले ग्रस्त रहने गरेका बालबालिका भने सचेत हुन आवश्यक हुन्छ किनभने त्यस्ता बालबालिकालाई नयाँ भाइरसले आक्रमण गर्न सक्छ।

११. के अरूले पकाएको खानेकुराबाट पनि सङ्क्रमण हुन सक्छ? -सिन मक्इन्टायर, ब्रिस्बेन, अस्ट्रेलिया

यदि सङ्क्रमित व्यक्तिले पर्याप्त सावधानी अपनाएको छैन र सरसफाइमा ध्यान दिएको छैन भने उसले तयार पारेको खानेकुराबाट पनि अरू व्यक्तिमा भाइरस सर्न सक्छ।

खोकी लाग्दा हातमा आएको अति सानो खकार वा थुकको थोपाबाट पनि कोरोनाभाइरस सर्न सक्छ।

खाना बनाउनु पकाउनु र खानुअघि आफ्नो हात राम्ररी धोएर हामी सङ्क्रमणबाट जोगिन सक्छौँ।