जोकर बन्यो एक अर्ब डलर कमाउने पहिलो 'आर' श्रेणीको चलचित्र

जोकर

तस्बिर स्रोत, Warner Bros

कमिकमा आधारित जोकर गएको साता संसारभरि एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाउने पहिलो 'आर' श्रेणीको चलचित्र बनेको छ।

अमेरिकामा 'आर' श्रेणी वर्गीकरण भनेको १७ वर्षभन्दा कम उमेरका व्यक्तिले वयस्कसँग बसेर मात्रै हेर्न पाउने चलचित्र हो।

गएको साता कमाइको आधारमा जोकर अमेरिकामा सातौँ नम्बरमा रहेको छ। ३१ करोड डलर कमाएको फोर्ड भर्सेस फरारी भने पहिलो नम्बरमा रहेको छ।

यो महिनाको सुरुमा जोकर कमिकका आधारित चलचित्रमध्ये सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो।

जोकर चलचित्र चीनमा प्रदर्शन गरिएको छैन। चीनमा यौन वा हिंसा बढी भएका चलचित्रहरूको प्रदर्शनमा रोक लगाइने गरेको छ।

यसभन्दा अगाडि सबैभन्दा बढी कमाउने 'आर' श्रेणीमा चलचित्र सन् २०१८ डेडपुल-दुई रहेको थियो। उक्त चलचित्रले ७८ करोड ५० लाख डलर कमाएको थियो।

बक्स अफिस गुरुका संस्थापक सम्पादक गीतेश पान्ड्याले जोकरको उपलब्धिलाई आश्चर्यचकित बनाउने खालको भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Transparent line (white space)

जोकरका निर्देशक टोड फिलिप्सले सो चलचित्र छ करोड २५ लाख डलरमा निर्माण गरेका थिए।

सो चलचित्रले ओस्कार पुरस्कार जित्ने अनुमान पनि गरिएको छ। तर चलचित्रमा भएको मानसिक स्वास्थ्यको विषयलाई लिएर यसको आलोचना गर्नेहरू पनि छन्।