लाइभ, देशभरि मतदान सुरु, बिहानैदेखि मतदाताहरू लाइनमा

नेपालमा गत भदौ महिनामा जेन जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएकाले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन गरिन लागेको हो।

सारांश

  • प्रतिनिधिसभाको निर्वाचनमा आज बिहान ७ बजेदेखि देशभरि एकै चरणमा मतदान सुरु भएको छ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र छन्
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
  • मतदान केन्द्रमा दिउँसो ५ बजेसम्म भोट हाल्न पाइने आयोगले जनाएको छ
  • निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको सरकारले जनाएको छ

लाइभ कभरेज

  1. बिहान पाका मतदाताको चहलपहल, 'अब के हुन्छ थाहा छैन'

    दुर्गा लामा र उनका पति कृष्णबहादुर लामा

    काठमाण्डूका मतदानकेन्द्रहरूमा बिहानैबाट मतदाताहरूको चहलपहल बढेको छ।

    काठमाण्डूको हाँडीगाउँस्थित मतदानकेन्द्रमा ७२ वर्षकी दुर्गाकुमारी लामा र उनका पति कृष्णबहादुरले मतदान गरे। घरमा नातिहरूसँग समय बिताउने उनले भनिन्, “अब के हुन्छ थाहा छैन। भगवान्‌ले नै जानून्। चुनावपछि राम्रो हुनुपर्‍यो। सबै मिल्नुपर्‍यो, देशलाई राम्रो बनाउनुपर्‍यो।”

    “जनताले कति दुःख पाइरहेको छ, अहिले पनि ग्यास पाएको छैन। जनता मरेको मर्‍यै छ, नराम्रो र भ्रष्टाचार मात्रै गरेर भएन। केही नजान्ने मान्छेलाई पनि यो कुरा थाहा छ।

    उनका पति कृष्णबहादुर लामाले पहिले र अहिलेको चुनावमा फरक रहेको बताए।

    “भ्रष्टाचारका कारण देश खाल्डोमा पर्‍यो र व्यक्ति व्यक्ति माथि गए भन्ने चिन्ता छ। २४ घण्टामा विश्वमै नभएको कुरा नेपालमा भयो। राम्रो व्यक्ति आउँछन् जस्तो लाग्छ। हाम्रो सुन्दर देश हो। गर्न खोज्यो भने देश विकास हुन्छ।”

    काठमाण्डूका धेरे मतदानकेन्द्रमा पुगेका बीबीसी संवाददाताहरूले बिहानीपख युवाभन्दा पनि पाका मतदाताहरू भोट खसाल्न जम्मा भएको देखिन्छ।

  2. २०१५ सालदेखिका मतदाताको अनुभव

    चितवनका ८६ वर्षीय नारायण श्रेष्ठ

    तस्बिर स्रोत, Ishwor Joshi

    तस्बिरको क्याप्शन, २०१५ सालदेखि निरन्तर मतदान गरेको बताउने नारायण श्रेष्ठ

    चितवनका ८६ वर्षीय नारायण श्रेष्ठले मतदान गरेपछि पहिलेभन्दा अहिलेको चुनावमा धेरै फरक महसुस हुने गरेको बताएका छन्।

    उनले आफू १९ वर्षको हुँदा २०१५ सालदेखिका मतदान गर्दै आएको जानकारी दिए। त्यति बेला नेपालमा पहिलो पटक संसदीय निर्वाचन भएको थियो।

    “उसबेला पार्टीहरूको फरक फरक बाकस हुन्थ्याे, सूची दिन्थ्यो लगेर मतपेटिकामा खसालिन्थ्यो,” उनले हाम्रा संवाददाता ईश्वर जोशीसँग कुरा गर्दै भने, “अहिले छाप लगाउनुपर्छ।”

  3. भोट हालेपछि मतदाता भन्छिन्, सुशासन चाहियो

    काठमाण्डूको टङ्गालस्थित मतदान केन्द्रमा भोट खसालेपछि ७४ वर्षीया मीना बुढाथोकीले आफूले सहजै मतदान गर्न पाएको बताइन्।

    उनले चुनावपछि मुलुकमा सुशासन कायम हुने र देशभित्रै रोजगारीको अवसर उपलब्ध हुने अपेक्षा आफूले गरेको बताइन्।

    उनी भन्छिन्, “देश खतम भइसक्यो। प्रगति केही छैन। सबै विदेश लागिसके। देशभित्र नागरिकलाई काम दिइयोस्। नागरिकहरूलाई राम्रो होओस्।”

    मिना बुढाथोकी
  4. कार्यवाहक प्रमुख आयुक्तले गरे मतदान

    निर्वाचन गराउने जिम्मेवारीमा रहेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन्।

    उनले काठमाण्डू महानगरपालिका वडा नम्बर २९ मा रहेको मतदान केन्द्र पुगेर भोट हालेका हुन्।

    भण्डारीले काठमाण्डू महानगरपालिका वडा नम्बर २९ मा मतदान गरेका हुन्

    तस्बिर स्रोत, ECN

    तस्बिरको क्याप्शन, भण्डारीले काठमाण्डू महानगरपालिका वडा नम्बर २९ मा मतदान गरेका हुन्
  5. निर्वाचन सफलताको निकट: प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोट हालेपछि ‘धेरै खुशी’ भएको प्रतिक्रिया दिएका छन्।

    ‘केही अहसज परिस्थिति निर्वाचन भइरहेको र यसलाई सफल पार्ने जिम्मेवारी दल, नागरिक समाज र सबै निकायको भएको’ प्रचण्डले बताए।

    प्रचण्ड

    तस्बिर स्रोत, Ishwor Joshi

    “मैले र मेरो नेतृत्वको पार्टीले सुरुदेखिनै निर्वाचनको निर्वाचननै विकल्प हो भन्दै आएका थियौँ, आज हामी सफलताको सन्निकट पुगिसकेका छौँ,” उनले भने, “यो निर्वाचन सफल पार्नु यो राष्ट्र, जनता, स्थायित्वको लागि र अगाडि समृद्धिको यात्रा सुरु गर्नका लागि धेरै महत्त्वपूर्ण हुन गएको छ, सामान्य मात्र नभएर अलि असमान्य निर्वाचन हुन गएको छ। त्यस अर्थमा पनि म खुशी छु कि यो निर्वाचन अब सफल हुन गएको छ।”

  6. मिश्र र शर्माद्वारा मतदान

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन्।

    शर्माले झापा र मिश्रले ललिपुरमा मतदान गरेका हुन्।

    शर्माले झापाको क्षेत्र नम्बर १ मा मतदान गरेका हुन्

    तस्बिर स्रोत, NC

    तस्बिरको क्याप्शन, शर्माले झापाको क्षेत्र नम्बर १ मा मतदान गरेका हुन्
    काठमाण्डू-१ बाट उम्मेदवार रहेका मिश्रले ललिपुरमा मतदान गरेका हुन्

    तस्बिर स्रोत, rabindramishra/facebook

    तस्बिरको क्याप्शन, काठमाण्डूमा उम्मेदवार रहेका मिश्रले ललिपुरमा मतदान गरेका हुन्
  7. अनिवार्य मतदान गर्न प्रधानमन्त्रीको आह्वान

    आमचुनावअन्तर्गत देशभरि बिहीवार मतदान भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीले भोट हाल्न सबैलाई आह्वान गरेकी छन्।

    “अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्छु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ,” उनले भनेकी छन्।

    प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचनका लागि आमनागरिकले देखाएका संयम र समझदारीप्रति आभार व्यक्त गरेकी छन्।

    सुशीला कार्की

    तस्बिर स्रोत, PM/Facebook

    तस्बिरको क्याप्शन, प्रधानमन्त्रीले अनिवार्य रूपमा मतदान गर्न आह्वान गरेकी छन्
  8. मतदानमा कसले के गर्न पाउँछन्, के पाउँदैनन्?

    गत भदौको जेन जी आन्दोलनले सिर्जना गरेको 'विशिष्ट परिस्थिति'मा घोषणा भएर अहिले भइरहेको चुनावमा मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मत दिन सक्ने व्यवस्था सुनिश्चित गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

    बुधवार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले "ऐतिहासिक मतदानमा उत्साहपूर्वक सहभागी हुन" आह्वान गरेका हुन्।

  9. निर्वाचन आयुक्तहरूले गरे मतदान

    निर्वाचन आयुक्तहरूले आमचुनावअन्तर्गत मतदान गरेका छन्। आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबराले काठमाण्डूमा मतदान गरेका छन्

    जानकी

    तस्बिर स्रोत, ECN

    तस्बिरको क्याप्शन, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले काठमाण्डूमा मतदान गरेकी हुन्
    सगुन शमशेर जबरा

    तस्बिर स्रोत, Nepal Photo Library

    तस्बिरको क्याप्शन, निर्वाचन आयुक्त सगुन शम्शेर जबराले पनि मतदान गरेका छन्।
  10. रवि लामिछानेद्वारा मतदान

    दलका प्रमुख नेता र उच्च अधिकारीहरूले पनि मतदान गरिरहेका छन्। त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले काठमाण्डूमा मतदान गरेका छन्। उनी चितवनबाट उम्मेदवार छन्।

    लामिछानेले काठमाण्डूको क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको मतदान केन्द्रमा भोट खसालेका हुन्।

    तस्बिर स्रोत, RSP

    तस्बिरको क्याप्शन, लामिछानेले काठमाण्डूको क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको मतदान केन्द्रमा भोट खसालेका हुन्
  11. निर्वाचन आयुक्तहरूले गरे मतदान

    निर्वाचन आयुक्तहरूले आमचुनावअन्तर्गत मतदान गरेका छन्। आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबराले काठमाण्डूमा मतदान गरेका छन्

    जानकी

    तस्बिर स्रोत, ECN

    तस्बिरको क्याप्शन, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले काठमाण्डूमा मतदान गरेकी हुन्
    सगुन शमशेर जबरा

    तस्बिर स्रोत, Nepal Photo Library

    तस्बिरको क्याप्शन, निर्वाचन आयुक्त सगुन शम्शेर जबराले पनि मतदान गरेका छन्।
  12. प्रमुख नेताहरू पनि मतदान गर्दै

    देशैभरि बिहानैदेखि मतदाताहरू भोट हाल्न लाइनमा लागेका बेला प्रमुख नेताहरूले पनि मतदान गरिरहेका हाम्रा संवाददाताहरूले जनाएका छन्।

    प्रचण्ड

    तस्बिर स्रोत, Ishwor Joshi

    तस्बिरको क्याप्शन, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मतदान गरेका छन्। रुकुम पूर्वबाट उम्मेदवार बनेका उनले चितवनमा मतदान गरेका हुन्।
    बालेन्द्र शाह
    तस्बिरको क्याप्शन, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पनि मतदान गरेका छन्। झापाबाट उम्मेदवार भएका उनले काठमाण्डूमा मतदान गरेका हुन्।
  13. भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्

    के निर्वाचन आचारसंहिता भनेको केवल राजनीतिक दल, उम्मेदवार वा अन्य सरकारी अधिकारीहरूलाई मात्र हो?

    यो आचारसंहिताले सर्वसाधारण मतदातालाई पनि जिम्मेवार बनाउन खोजेको छ र त्यसको उल्लङ्घन गरे कारबाही भोग्नुपर्ने हुन सक्छ।

  14. आजको निर्वाचन नेपालको भावी दिशा तय गर्न यसकारण 'विशेष'

    नयाँ निर्वाचनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई विस्थापित गर्दै नयाँ सरकार गठनको बाटो खोल्ने छ भने गएको भदौमा संसद् विघटनपछि देखिएको जनप्रतिनिधिमुलुक सङ्घीय निकायको रिक्ततालाई पूर्ति गर्ने छ।

  15. मतदान आरम्भ

    प्रतिनिधिसभा सदस्यको निम्ति देशभरि मतदान सुरु भएको छ। बिहान ७ बजे अगाडिदेखि नै मतदाताहरू आआफ्नो मतदाता परिचयपत्र सहित लाममा लागिसकेका छन्।

    मददाता

    तस्बिर स्रोत, BBC/Kamal Pariyar

    तस्बिरको क्याप्शन, मतदाताहरू मतदान केन्द्रमा विहान सात बजे अगावै लाममा लागेका छन्
  16. विराटनगरमा मतदान कार्यक्रम सुरु

    तस्बिर स्रोत, Bikram Niraula

    तस्बिरको क्याप्शन, विराटनगरमा मतदान कार्यक्रम सुरु
    विराटनगरमा मतदानका लागि लामबद्ध मतदाताहरू

    तस्बिर स्रोत, Bikram Niraula

    तस्बिरको क्याप्शन, विराटनगरमा मतदानका लागि लामबद्ध मतदाताहरू
    चितवनमा मतदानको तयारी

    तस्बिर स्रोत, Ishwor Joshi

    तस्बिरको क्याप्शन, चितवनमा मतदानको तयारी
  17. स्वागतम्

    बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ। आज हामीले निर्वाचनसम्बन्धी दिनभरिका ताजा घटनाक्रमबारे जानकारी गराउने छौँ।