थाईल्यान्डको न्यायिक प्रणालीको आलोचना गर्दै न्यायाधीशले अदालतभित्रै आफूलाई गोली हाने

अदालत

तस्बिर स्रोत, Getty Images

थाईल्यान्डमा एक न्यायाधीशले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतभित्र आफैँलाई गोली हानेका छन्।

शुक्रवार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश कनिकन फिएन्चनाले पाँच मुस्लिम पुरुषहरूलाई सफाइ दिएका थिए।

न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै न्यायिक शपथ वाचन गरेका ती न्यायाधीशले अकस्मात् पेस्तोल निकालेर आफ्नो छातीमा गोली हानेका थिए।

तर ती न्यायाधीशको ज्यान जोगियो। उनी अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गर्दैछन्।

आफ्नो निर्णय सुनाउनुअघि लेखिएको भन्ठानिएको एउटा विज्ञप्तिले ती न्यायाधीशले आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा बाह्य हस्तक्षेप भएको हुन सक्ने सङ्केत पाइएको छ।

अदालतमा के भयो?

यला विद्रोहबाट नराम्ररी प्रभावित भएको दक्षिणी थाईल्यान्डमा पर्छ।

कनिकन फिएन्चना त्यहीँको अदालतमा न्यायाधीश छन्।

हत्या र अवैध बन्दुक राखेको मुद्दामा उनले पाँच जनालाई प्रमाण नपुगेको भनेर सफाइ दिए। त्यसपछि उनले आफ्नो इजलासमा भावुक हुँदै सम्बोधन गरे।

Map

उनले आफ्नो सम्बोधन फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए।

"कसैलाई दण्ड दिन स्पष्ट र विश्वसनीय प्रमाण चाहिन्छ। यदि तपाईँ निश्चित हुनुहुन्न भने दण्ड नदिनुहोस्," उनले भने।

"यी पाँच प्रतिवादीले अपराध गरेका हैनन् भनेर म भनिरहेको छैन। उनीहरूले गरेका हुन सक्छन्।"

"तर न्यायिक प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्छ... गलत व्यक्तिलाई दण्ड दिँदा उनीहरू बलिको बोका मात्र हुन्छन्।"

त्यसपछि फेसबुकको प्रसारण अवरुद्ध भयो। तर अदालतमा उपस्थित प्रत्यक्षदर्शीहरूका अनुसार अनि उनले दिवङ्गत थाई राजाको तस्बिरअघि एउटा न्यायिक शपथ वाचन गरे।

लिखित शपथ वाचन गरेपछि उनले पेस्तोल निकालेर आफैँलाई गोली हाने।

त्यसपछि उनलाई अस्पताल लगियो। अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।

किन न्यायाधीशले त्यसो गरे?

न्यायाधीश फिएन्चनाले किन आत्महत्याको प्रयास गरे भन्ने स्पष्ट भइसकेको छैन।

न्यायिक सेवा हेर्ने कार्यालयका प्रवक्ताले समाचारसंस्था एएफपीलाई उनले "व्यक्तिगत तनाव" का कारण आफूलाई गोली हानेको बताएका छन्।

तर स्थानीय सञ्चारमाध्यमहरूले भर्खरै आफूले निर्णय सुनाएको मुद्दालाई इङ्गित गर्दै उनले सम्बोधन गरेको हुन सक्ने जनाएका छन्।

Presentational grey line
Presentational grey line

उनले लेखेको र गोली हान्नुअघि उनले नै फेसबुकमा प्रेषित गरेको भन्ठानिएको एउटा सन्देशमा प्रमाण नभए पनि ती प्रतिवादीलाई दोषी ठहर गर्न आफूलाई दबाव दिइएको उल्लेख छ।

उनले लेखेका छन्, "हिजोआज क्षणमा देशभरि मुद्दा पहिला हेर्ने अदालतमा न्यायाधीश साथीहरूलाई मलाई जसरी नै व्यवहार गरिन्छ।"

"यदि म पदको निष्ठा राख्न सक्दिनँ भने सम्मानहीन भएर बाँच्नुभन्दा बरु मृत्यवरण गर्छु।"

थाईल्यान्डमा न्यायाधीशबाट न्यायिक प्रणालीको आलोचना हुनु एकदमै दुर्लभ घटना हो।

मानवाधिकारवादी समूहहरूका अनुसार सुरक्षाकर्मीहरूले मले मूलका मुस्लिम समुदाय भएको क्षेत्रमा सन्दिग्ध व्यक्तिविरुद्ध झुटा मुद्दा लगाउने गर्छन्।