तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आमाको माया: ममतामयी स्तनपान, अनाथहरूलाई जीवनदान
बालमन्दिरका अनाथ शिशुहरूलाई केही स्वयंसेवी आमाले दैनिकजसो स्तनपान गराउने गरेका छन्।
बालमन्दिरको ५० वर्षको इतिहासमा पहिलोपटक 'स्तनपान कार्यक्रम' गत फागुन २० गतेबाट सुरु भएको हो।
यसअघि विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका अनाथ शिशुले बोतलको दुधमात्रै खान पाउँथे।
'स्तनपान कार्यक्रम' सञ्चालनमा आएपछि बालमन्दिरमा रहेका छ महिनामुनिका १५ जना शिशुले आमाको दूध खान पाएका छन्।
बालमन्दिरमा यसरी स्वयंसेवी भावले स्तनपान गराउन आउने आमा निश्चित समयका लागि भएकोले बालमन्दिरले थप आमाहरूको खोजी वडा कार्यालयमार्फत् पनि गरिरहेको छ।
अनाथ बालबालिकालाई स्तनपान गराउन बालमन्दिर आउने स्वयंसेवी आमाहरूबारे कमल परियार र विनिता दाहालले तयार पारेको यो भिडिओ -