आमाको माया: ममतामयी स्तनपान, अनाथहरूलाई जीवनदान

भिडिओ क्याप्शन सुरु हुँदैछ, ममतामयी स्तनपान बेसहारालाई जीवनदान

बालमन्दिरका अनाथ शिशुहरूलाई केही स्वयंसेवी आमाले दैनिकजसो स्तनपान गराउने गरेका छन्।

बालमन्दिरको ५० वर्षको इतिहासमा पहिलोपटक 'स्तनपान कार्यक्रम' गत फागुन २० गतेबाट सुरु भएको हो।

यसअघि विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका अनाथ शिशुले बोतलको दुधमात्रै खान पाउँथे।

'स्तनपान कार्यक्रम' सञ्चालनमा आएपछि बालमन्दिरमा रहेका छ महिनामुनिका १५ जना शिशुले आमाको दूध खान पाएका छन्।

बालमन्दिरमा यसरी स्वयंसेवी भावले स्तनपान गराउन आउने आमा निश्चित समयका लागि भएकोले बालमन्दिरले थप आमाहरूको खोजी वडा कार्यालयमार्फत् पनि गरिरहेको छ।

अनाथ बालबालिकालाई स्तनपान गराउन बालमन्दिर आउने स्वयंसेवी आमाहरूबारे कमल परियारविनिता दाहालले तयार पारेको यो भिडिओ -

अनि यो पनि: