बीबीसी स्पोर्टका पाठकले छानेको विश्व ११ क्रिकेट टोली
बीबीसी स्पोर्टले आफ्नो वेबसाइटमा पाठकहरूले व्यक्त गरेको मतका आधारमा विश्वकप क्रिकेट प्रतियोगिताको उत्कृष्ट ११ खेलाडीको सूची सार्वजनिक गरेको छ।
उक्त टोलीमा को को छन्?
१. रोहित शर्मा (भारत)

तस्बिर स्रोत, Getty Images
रोहितले यो प्रतियोगितामा ५ वटा शतक प्रहार गरे।
यो पुरूष विश्वकपको कीर्तिमान हो। उनले लगातार तीन खेलमा शतक हानेका थिए।
२. डेविड वार्नर (अस्ट्रेलिया)

तस्बिर स्रोत, Getty Images
वार्नरले यसपालिको विश्वकपमा तीनवटा शतक प्रहार गरे।
विगतमा अस्ट्रेलियाली खेलाडीले प्रहार गरेको सबैभन्दा धेरै सङ्ख्याको विश्वकप शतकको यो बराबरी हो।
३. विराट कोहली (भारत)

तस्बिर स्रोत, Getty Images
कोहलीले आफ्नो खेल जीवनमा तेश्रो पटक लगातार पाँच अर्धशतक प्रहार गरे।
एकदिवसीय खेलमा यस्तो कीर्तिमान राख्ने उनी पहिलो खेलाडी हुन्।
४. केन विलियमसन (न्यूजील्याण्ड)

तस्बिर स्रोत, Getty Images
न्यूजील्याण्डका कप्तान केन विलियमसनले प्रतियोगिताभर ५७८ रन प्रहार गरे।
यो न्यूजील्याण्डको पुरूष टोलीका सदस्यले कुनैपनि विश्वकपमा हालसम्म प्रहार गरेको सर्वाधिक रन हो।
५. साकिब अल हसन (बांग्लादेश)

तस्बिर स्रोत, Getty Images
साकिबले विश्वकपभर सात पटक ५० भन्दा बढी रन बनाए।
पुरूष विश्वकपमा यो भन्दा बढी अर्धशतकको कीर्तिमान कसैको छैन।
सन् २००३ मा भारतका सचिन तेन्दुलकरले पनि सात वटा अर्धशतक हानेका थिए। दक्षिण अफ्रिका विरूद्धको खेलका क्रममा साकिबले एकदिवसीय खेलमा सबैभन्दा चाँडो २सय ५० विकेट लिने र ५ हजार रन बनाउने खेलाडीको कीर्तीमान पनि राखे।
६. बेन स्टोक्स (इङ्ग्ल्याण्ड)

तस्बिर स्रोत, Getty Images
स्टोक्सले प्रतियोगिताभर ४६५ रन बनाए जुन चौथो वा त्योभन्दा पछिको क्रममा खेल्ने खेलाडीले हालसम्म बनाएको सबैभन्दा बढी रन हो।
विभिन्न खेलमा उनी चौथो, पाँचौ र छैठौँ खेलाडीका रूपमा ब्याटिङ गर्न उत्रिएका थिए।
७. एलेक्स क्यारी (अस्ट्रेलिया)

तस्बिर स्रोत, Getty Images
क्यारीले २ स्टम्पिङ सहित २० जनालाई आउट गर्न भूमिका निर्वाह गरे।
त्यो अन्य कुनै खेलाडीभन्दा बढी हो। उनले बनाएको ३७५ रन विकेट किपरले हानेको सर्वाधिक रन पनि भयो।
८. क्रिश वोक्स (इङ्ग्ल्याण्ड)

तस्बिर स्रोत, Getty Images
वोक्सले विश्वकपमा आफ्नो उत्कृष्ट बलिङ कौशल देखाउने क्रममा अस्ट्रेलियाविरूद्धको सेमिफाइनलमा २० रन खर्चेर तीन विकेट लिए।
प्रतियोगिताभर एक सय रन जोड्दै उनले १६ विकेट लिएर उत्कृष्ट अलराउण्डरको भूमिका निर्वाह गरेका थिए।
९. मिचेल स्टार्क (अस्ट्रेलिया)

तस्बिर स्रोत, Getty Images
स्टार्कले यो विश्वकपमा २७ विकेट लिए जुन विश्वकपको कीर्तिमान हो।
यसअघि यो कीर्तिमान अस्ट्रेलियाकै खेलाडी ग्लेन मक्ग्राको नाममा थियो।
सन् २००७ को विश्वकपमा मक्ग्राले २६ विकेट लिएका थिए।
१०. जोफ्रा आर्चर (इङ्ग्ल्याण्ड)

तस्बिर स्रोत, Getty Images
आर्चरले यो विश्वकपमा सर्वाधिक डट बल (कुनै रन लिन नसकिएका बल) फ्याले।
त्यसबाहेक प्रतियोगिताभर उनले २० विकेट लिए जुन कुनै पनि इङ्ग्ल्याण्डका खेलाडीले विश्वकपमा लिएको सबैभन्दा बढी विकेट हो।
११. जसप्रित बुमरा (भारत)

तस्बिर स्रोत, Getty Images
बुमराले यो विश्वकपमा १८ विकेट लिए।
आफ्नो नौ मध्ये एउटा बलिङ पारीमा मात्रै उनी विकेट लिन विफल भएका थिए।
भारतका लागि विश्वकपमा बुमराभन्दा बढी विकेट जाहिर खानले मात्रै लिएका छन्। सन् २०११ को विश्वकपमा खानले २१ विकेट लिएका थिए।








