नासा: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकलाई खोल्ने घोषणा, शुल्क प्रतिदिन ३५ हजार डलर

निजी खर्चमा जाने अन्तरिक्षयात्री ले आईएसएसमा ३० दिन बस्न पाउनेछन्

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, निजी खर्चमा जाने अन्तरिक्षयात्रीले आईएसएसमा ३० दिन बस्न पाउनेछन्

अमेरिकी वैज्ञानिक संस्था नासाले सन् २०२० देखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ।

नासाले पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिने जनाएको छ।

आईएसएसका सहायक निर्देशक रोबिन गेटिन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन्।

अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउनेछन्।

"नासाले व्यापारिक अवसर र त्यसको बजारीकरणका लागि इन्टर्न्याश्नल स्पेस स्टेशन खुला गर्दैछ। पहिला कहिल्यै पनि यस्तो गरिएको थिएन," सो संस्थाका प्रमुख आर्थिक अधिकृत जेफ डिविटले न्यूयोर्कमा भने।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

महँगो शुल्क

निजी संस्थाले नै चालकदलको संरचना निर्धारण तथा पर्यटकको स्वास्थ्य तथा आवश्यक तालिमको व्यवस्था गर्नुपर्नेछ।

नासाले एलन मस्कको स्पेसएक्स र बोइङ कम्पनीलाई अन्तरिक्षपर्यटनको नयाँ काम जिम्मा दिएको छ।

स्पेसएक्सले ड्र्यागन क्याप्स्युल प्रयोग गर्नेछ भने बोइङले स्टारलाइनर नामक अन्तरिक्षयान बनाउँदैछ।

यी कम्पनीने नासाका अन्तरिक्षयात्री लैजाँदा लिन चाहेको प्रतिउडान छ करोड डलरजति नै शुल्क भाडास्वरूप अरू पर्यटकसँग पनि लिन सक्ने देखिएको छ।

नासाले पहिला आफ्नो अन्तरिक्षकेन्द्रलाई व्यापारिक प्रयोगमा ल्याएको थिएन र अन्तरिक्षयात्रीलाई नाफामूलक अनुसन्धानमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो।

व्यापारिक गतिविधि

तर सो स्टेशन नासाको स्मामित्वमा छैन।

सन् १९९८ मा रुससँग मिलेर त्यसको निर्माण सुरु भएको थियो। रुसले स्टेशन व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न खुकुलो नीति लिएको छ।

सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटोले पहिलो पटक पर्यटकका रूपमा सो स्टेशनको भ्रमण गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मोमन्ट स्पेसएक्स ड्र्यागन क्याप्स्युल यसरी आईएसएससँग छुट्टिन्छ

त्यसका लागि उनले रुसलाई दुई करोड अमेरिकी डलर तिरेका थिए।

शुक्रवार नासाले गरेको घोषणा आईएसएसको निजीकरण गर्ने योजनाअन्तर्गत नै भएको हो।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष सन् २०२५ भित्र आईएसएसलाई दिने आर्थिक सहयोग हटाउने घोषणा गरेका थिए।

नासाले भरखरै सन् २०२० सम्ममा चन्द्रमामा आफ्नो अभियान पुन: सञ्चालन गर्ने र प्रथम महिला पठाउने बताएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरिन्छ अन्तरिक्षमा शौच