‘अन्तरिक्ष सफा गर्ने लेजर आगामी वर्ष’

युरोप

तस्बिर स्रोत, EUROPEAN SPACE AGENCY

Published

अष्ट्रेलियाका वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका फोहर सफा गर्ने उद्देश्यले भुइँबाट प्रयोग गर्न मिल्ने शक्तिशाली 'लेजर' प्रविधिको विकास गरिरहेका छन्।

वैज्ञानिकहरूका अनसार लाखौँको संख्यामा पृथ्वीलाई परिक्रमा गरिरहेका विभिन्न किसिमका टुक्राहरू अन्तरिक्षमा छन्।

ती वस्तुका कारण भूउपग्रहहरूमा क्षति पुग्न सक्ने वैज्ञानिकहरूले बताउने गरेका छन्।

त्यस्ता वस्तुमा प्रयोग गरेर त्यसै छाडिएका रकेट तथा अन्तरिक्ष यानका पाटपुर्जा पर्छन्।

प्रदूषण

अनुसन्धानकर्ताहरूका विचारमा उक्त लेजर प्रविधिले अन्तरिक्षमा रहेका अनावश्यक वस्तुहरूलाई अन्यत्र ठेलेर भूउपग्रहसँग ठोक्किनबाट रोक्नसक्छ।

परीक्षणको उद्देश्य ठूलो र बढी शक्ति भएको लेजरको विकास गर्नु रहेको छ।

अन्तरिक्ष

तस्बिर स्रोत, NASA

त्यसबाट अन्तरिक्षमा रहेका त्यस्ता अवशेषहरूलाई पृथ्वीको वायुमण्डलतर्फ तान्नेछ र त्यसपछि त्यो जलेर खरानी हुनेछ।

उक्त प्रणाली अष्ट्रेलियाको राजधानी क्यानबेरा भन्दा बाहिरपट्टिबाट सञ्चालन गरिनेछ।

अन्तरिक्षमा साढे सात हजार टन फोहोर रहेको आकलन गरिएको छ।

युरोपमा पृथ्वीको परिक्रमा गर्ने अनावश्यक वस्तुहरू जम्मा गर्न ठूला जाली र लामा र धारिला प्रकृतिका भालाहरूको विकास गर्न लागिएको छ।