ब्रिटिश पूर्व सैनिक हेलिकोप्टर पाइलट टीम पीकको अन्तरिक्ष यात्राका तस्वीर।
तस्बिरको क्याप्शन, ब्रिटिश अन्तरिक्ष यात्री टीम पीक काजखस्तान बैकोनुर कस्मोड्रोमबाट रकेट चढनु अघि विदाइमा हात हल्लाउँदै।
तस्बिरको क्याप्शन, मेजर पीक रुसी अन्तरिक्ष यात्री युरी मेलेन्चेन्को (बीचमा) र अमेरिकी अन्तरिक्ष यात्री टीम कोप्रा सहित उड्दैछन्।
तस्बिरको क्याप्शन, पूर्व सैनिक हेलीकोप्टर पाइलट उनी इन्टरन्याशनल स्पेश स्टेशन तर्फ लाग्नु अघि आफ्ना छोराछोरीसँग विदावारी भए। जहाँ उनले ६ महिना विताउनेछन्।
तस्बिरको क्याप्शन, सोयुज अन्तरिक्ष यान जीएमटी ११:०३ मा उडेको थियो जहाँबाट १९६१ मा उडेका युरी गगारिन अन्तरिक्षमा पुग्ने पहिलो मानव बनेका थिए।
तस्बिरको क्याप्शन, रकेट उड्यो। त्यसबेला रकेटले दुई करोड ६० लाख हर्स पावर बराबरको शक्ति उत्पन्न गर्यो।
तस्बिरको क्याप्शन, रकेट उड्नु अघिको क्षण खिच्न थुप्रै फोटोग्राफरहरु जम्मा भएका थिए।
तस्बिरको क्याप्शन, ट्वीटरमा द युरोपियन स्पेस एजेन्सीले मेजर पीकको तस्वीर सार्वजनिक गरेको थियो।
तस्बिरको क्याप्शन, रकेट छोड्ने समय इन्टरन्याशनल स्पेस स्टेशनको कक्ष रहेको सहि स्थान गणना गरेर तय गरिएको थियो।
तस्बिरको क्याप्शन, टीम पीककी श्रीमती रेबेका(बीचमा) र उनका छोरा टमसले काजखस्तानमा रकेट लञ्च भएको हेरेका थिए।
तस्बिरको क्याप्शन, एक मिनेटपछि रकेट एक हजार माइल प्रति घण्टा (१६०० किलोमीटर प्रतिघण्टा) का दरले आकाशतिर लाग्यो।
तस्बिरको क्याप्शन, वेष्ट ससेक्सस्थित टीम पीकको वेष्टबोर्न गाउँमा मानिसहरु रकेट उडेको हेर्न जम्मा भएका थिए।
तस्बिरको क्याप्शन, वेष्टबोर्न सोसल क्लबमा रकेट उडानको उपलक्ष्यमा भोज आयोजना गरिएको थियो जहाँ उनीहरुले कार्डबोर्डमा रहेको टीम पीकको तस्वीरसँग बसेर आफ्नो तस्वीर खिचेका थिए।
तस्बिरको क्याप्शन, लण्डनको साइन्स म्युजियममा पनि यसलाई प्रसारण गरिएको थियो।
तस्बिरको क्याप्शन, यसैबीच प्रधानमन्त्री डेभीड क्यामरनले पनि रकेट उडेको हेरेका थिए।
तस्बिरको क्याप्शन, सोयुज अन्तरिक्षयानको कक्षको परिक्रमा गति १७ हजार ५ सय माइल प्रतिघण्टा (२८ हजार किलोमीटर प्रति घण्टा) हुनेछ। जुन कङकोर्ड जेटको भन्दा १३ गुणा बढि हो।
तस्बिरको क्याप्शन, इन्टरन्याशनल स्पेश स्टेशनमा गएर जोडिने समय १७:२४ जीएमटी निर्धारण गरिएको छ।