इडाई समुद्री आँधी: मोजाम्बिकमा मात्र 'हजारभन्दा बढीको मृत्यु', अरू अफ्रिकी देश पनि प्रभावित

मोजाम्बिक आँधी

तस्बिर स्रोत, AFP

इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे न्यूसीले बताएका छन्।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ।

बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहित आएको आँधीले क्षति पुर्‍याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतवारबाट मात्र त्यहाँ पुग्न थालेका हुन्।

बिस्तारै क्षतिको विवरण बाहिर आउन थालेको छ।

प्रभाव अन्यत्र पनि

सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ।

बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले 'विध्वंसकारी प्रभाव' पारेको बताएका छन्।

उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए।

इडाई आँधी

तस्बिर स्रोत, AFP

इडाई आँधी

तस्बिर स्रोत, IFRC/CAROLINE HAGA

त्यसअघि नै इन्टर्न्याश्नल फेडरेशन अफ रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई 'ठूलो र भयानक' बताएका थिए।

झन्डै पाँच लाख मानिस बसोवास गर्ने बेयरामा ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छ।

विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्‍याउन नसकेको एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

उद्धारकर्ताहरूले सहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन्। धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ।

सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएको छ जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ।

'कहिल्यै नदेखेको अवस्था'

बेयराले अन्यत्र जोड्ने सडकहरू अवरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ।

रूखमा बसिरहेका थुप्रै मानिसको उद्धार गरिएको रेडक्रसका एक सहायताकर्मीले बताए।

जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २१७ जना हराइरहेको त्यहाँको सरकारले बताएको छ।

इडाई आँधी

तीमध्ये नजिकैको पहाडबाट छात्रावासमा ढुङ्गा खस्दा मारिने दुई विद्यार्थी पनि छन्।

पूर्वी जिम्बाब्वे पुगेकी बीबीबी संवाददाताका अनुसार स्थानीय मानिसले त्यस्ता अवस्था 'यसअघि कहिल्यै नदेखेको' बताएका थिए।

समाचारहरूमा जनाइएअनुसार मलावीमा समेत ठूलो क्षति पुगेको छ।

आँधी अगावै ठूलो वर्षाले निम्त्याएको बाढी र पहिरोले त्यहाँ १२२ जनाले ज्यान गुमाएका छन्।

उत्तरी मोजाब्बिकको आधाजसो भाग र दक्षिणी मलावीमा अझ केही दिन वर्षा हुने बताइएको छ।

त्यहाँ चट्याङ समेत पर्नसक्ने जोखिम रहेको बताइएको छ।