तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कसरी चिन्ने राजगोमन सर्प?
राजगोमन सर्प सामान्यतया १२ फिट र कहिलेकाहीँ अझ लामो र ठूलो आकारको हुने गर्छ।
राजगोमन काठमाण्डू उपत्यका वरिपरिका विभिन्न स्थान, पोखरा र दोलखा लगायत ठाउँमा फेला परेका विवरण हालै सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्।
पर्यावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने राजगोमनलाई नागहरूको राजाका रूपमा पनि पुज्ने गरिएको छ।
निकै विषालु हुने राजगोमनको विष विभिन्न औषधि बनाउन प्रयोग गर्ने गरिएको जानकारहरू बताउँछन्।
नेपालको कानूनले संरक्षित वन्यजन्तुको दोस्रो अनुसूचीमा राखेको राजगोमनबारे हाम्रा सम्वाददाता सुरेन्द्र फुयालले प्राणीशास्त्री करण शाहलाई सोधेका थिए- राजगोमनलाई कसरी चिन्न सकिन्छ?
सुनौँ उनीसँगको कुराकानी।