जकार्ता: तीव्र गतिमा भासिइरहेको महानगर

इन्डोनेशियाको राजधानी जकार्तामा एक करोड मानिस बस्छन्। तर यो विश्वकै सबैभन्दा छिटो भासिँदै गरेको महानगर पनि हो।

भासिने
तस्बिरको क्याप्शन, उत्तरी जकार्ता हरेक वर्ष २५ सेमीको दरले भासिइरहेको छ।

यो समस्याको समाधान नहुने हो भने यति ठूलो जनसंख्या भएको स्थान सन् २०५० भित्र पूरै भासिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

के जकार्तालाई जोगाउन ढिलो भइसक्यो त?

दलदले माटोमाथि रहेको सहर जाभा समुद्रसँगै जोडिएको छ। त्यहाँ १३ वटा नदीहरू पनि छन्। त्यसैले जकार्तामा धेरै बाढी आउँछ।

अनुसन्धानकर्ताहरुका अनुसार स्थिति अझै खराब भइरहेको छ।

विगत २० वर्षदेखि बानदुङ इन्स्टिचियुट अफ टेक्नोलोजिमा जकार्ता भासिँदै गएको विषय अध्ययन गरिरहेका एरी एन्ड्रियास भन्छन्, "जकार्ता पानीमा डुब्न सक्ने सम्भावना छ भन्ने हाँसोको कुरा होइन। हाम्रो अनुसन्धान विश्लेषणलाई हेर्ने हो भने सन् २०५० सम्म उत्तर जकार्ताको करिब ९५ प्रतिशत जमिन भासिँदै छ।"

पर्खाल
तस्बिरको क्याप्शन, हेरी एन्ड्रियासले पानी परेका बेला घरभित्र पानी नपसोस भनेर बनाइएका पर्खालहरु देखाउँदै

हुनपनि उत्तर जकार्ता १० वर्षमा २.५ मिटर भासिसकेको छ र केही स्थानमा प्रति वर्ष २५ सेन्टिमिटरसम्म भासिरहेको छ। सो दर समुद्री तटको छेवैमा रहेका महानगरहरू भासिँनेभन्दा पनि दोब्बर धेरै हो।

जकार्ता हरेक वर्ष एकदेखि १५ सेन्टिमिटरसम्म डुब्दै छ र झण्डै आधा शहर अहिले समुद्र सतहभन्दा मुनि छ।

उत्तर जकार्तामा त्यसको असर तत्कालै देखिन थालेको छ।

म्वारा बारु जिल्लामा एउटा सिंगो कार्यालय भवन नै छाडिएको अवस्थामा छ। कुनै बेला सो भवनमा माछासम्बन्धी व्यवसाय गर्ने एउटा कम्पनी थियो तर अहिले पहिलो तलाको बरन्डा मात्र काम गर्न सक्ने अवस्थामा छ।

जमिनमुनी
तस्बिरको क्याप्शन, यो त्यतिकै छोडिएको घरको भुइँतला अहिले जमिनमुनी छ

पानीमा एकदमै डुबेका भवनहरू यसरी विरलै मात्र छाडिन्छन् किनकि प्रायःजसो भवन मालिकहरूले त्यसलाई ममर्त गर्न, पुनर्निमार्ण गर्न तथा समाधानका लागि अल्पकालीन उपायहरू खोज्दथे।

तर सो सहर रहेको जमिनलाई भासिनबाट रोक्न उनीहरूले सक्दैनन्।

भुइँतला
तस्बिरको क्याप्शन, भुइँतलामा जमेको पानी

खुला आकाश मुनिको एउटा माछा बजारसम्म पाँच मिनेटको गाडी यात्रामा पुगिन्छ।

माछा बजारमा जानेआउने गरिरहने मुआरा बरूका एकजना बासिन्दा रिद्वानले भने, "सडकपेटीहरू घुमाउरा र खाल्डाखुल्डी सहितका छन्, मानिसहरू लड्न समेत सक्छन्।"

जमिनमुनीको पानीको तह घट्दै जाँदा उक्त बजार जानेहरू डुबान झेलिरहेको असमान सतहमा हिंड्न विवश छन्।

"वर्षेनी जमिन भासिरहेको मात्र छ," उनले सुनाए। यस्तो देखेर अचम्ममा परिराखेका उक्त बस्तीका उनी एक्ला चाहिँ होइनन्।

दरार
तस्बिरको क्याप्शन, एउटा माछा बजारमा देखिएको दरारले जमिन भासिएको प्रष्ट हुन्छ

उत्तर जकार्ता इतिहासदेखि नै बन्दरगाहा भएको शहर हो जहाँ अहिले पनि इन्डोनेसियाको व्यस्तमध्येको एक बन्दरगाह तान्जुङ प्रिअक रहेको छ।

जाभा समुद्रमा मिसिने सिलिवाङ नदी भएको रणनीतिक महत्वकै कारण डचहरूले १७औं शताब्दीमा त्यस भागलाई आफ्नो महत्त्वपूर्ण आधारको रूपमा राखेका थिए।

अहिले सुस्ताउँदो बन्दरगाह व्यापार, गरिब तटीय समुदाय र धनी चिनियाँ-इन्डोनेसियालीहरूको उल्लेख्य मिश्रण सहित १८ लाख मानिसहरू उक्त नगरपालिकामा बस्छन्।

फोर्टुना सोफिया समुद्रको दृश्य देखिने एक विलासी भिल्लामा बस्छिन्। उनको घर भासिएको सजिलै त देखिंदैन तर उनका अनुसार घरका भित्ता र सिमेन्टका खम्बामा हरेक ६ महिनामा चिराहरू देखिन्छ।

स्विमिङ पुल
तस्बिरको क्याप्शन, फर्चुना भन्छिन् पानी परेका बेला उनको स्विमिङ पुल डुब्छ

"हामीले मर्मत गरिराख्नुपर्छ," केही पछाडि निजी बार देखिने आफ्नो स्विमिङ पुल छेउ उभिएर उनले सुनाइनन्, "ती चिराहरू जमिन हलचल भएर सिर्जना भएका थिए।"

उनी त्यहाँ चार वर्षयता बसिराखेकी छन् तर यहाँ थुप्रैपटक डुबान भइसकेको छ। उनी भन्छिन्, "समुद्रको भेल स्विमिङ पुलसम्म आएर पूरै भरियो। हाम्रा फर्निचरहरू पहिलो तलासम्म सार्नुपर्‍यो।"

समुद्र छेउका साना घरहरूमा हुने असर बढाइचढाई गरिएको छ। कुनैबेला समुद्री दृश्य देख्ने बासिन्दाले अहिले समुद्री भेल रोक्ने उद्देश्यले बनाइएका बाँधहरू मात्र देख्छन्।

एक मछवार महार्दीले भने, "प्रत्येक वर्ष समुद्री ज्वार पाँच सेन्टिमिटरले बढ्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, भासिँदैछ जकार्ता

यी कुनै कुराले घर व्यवसायीलाई निरूत्साहित गरेको छैन। यी जोखिमकाबीच पनि उत्तर जकार्तामा नयाँ नयाँ गगनचुम्बी अपार्टमेन्टहरू बनिराखेका छन्।

इन्डोनेसियाको एशोसिएसन अफ हाउजिङ डेभलपमेन्टको सल्लाहकार परिषद्का प्रमुख इड्डी गनीफोका अनुसार उनले सरकारलाई त्यहाँ थप पूर्वाधार निर्माण रोक्न अनुरोध गरेका थिए। तर, उनले भने, "हामीहरूले अपार्टमेन्ट बेच्न सक्दासम्म निर्माण पनि चलिरहन्छ।"

नक्शा

जकार्ताको बाँकी भाग पनि भासिराखेको छ। यद्यपि त्यसको गति केही कम छ। पश्चिम जाकार्तामा जमिन वर्षेनी १५ सेन्टिमिटरसम्मले भासिराखेको छ, जुन शहरको पूर्वी भागमा १० सेन्टिमिटर, केन्द्र भागमा २ सेन्टिमिटर र दक्षिणी जकार्तामा एक सेन्टिमिटरले भासिइरहेको छ।

जलवायु परिवर्तनसँगै बढेको समुद्री सतहका कारण विश्वभरकै तटीय सहरहरू प्रभावित भइरहेका छन्।

गोलार्द्धीय बरफी चट्टानहरू बढ्दो चापका कारण पग्लिएपछि ती सहरमा समुद्री सतह बढिरहेको छ। तर जकार्ता भासिएको दर भने असामान्य रहेको विज्ञहरूले बताएका छन्।

अचम्म लाग्न सक्छ तर जकार्ताका बासिन्दाहरूका केही गुनासा छन्। ती के भने उनीहरूका लागि जमिन भासिनु त दैनिक झेल्नुपर्ने थुप्रै पूर्वाधारका चुनौतीहरूमध्येको एक मात्रै हो।

यस्तो किन भइरहेको छ भन्ने कथाको एउटा पाटो यो पनि हो।

नाटकीय गतिबाट जकार्ता भासिनु एउटा कारण जमिन मुनिको पानीको अत्याधिक उपभोग पनि हो।

सहरमा धेरैले त्यही स्रोतलाई पिउन, नुहाउन र अन्य दैनिक काममा प्रयोग गरे।

पाइपबाट आउने पानी धेरै क्षेत्रमा नियमित नहुनुले मानिसहरूमा जमिनमुनि निकै तलबाट पम्प गरेर तानेर पानीको प्रयोग गर्नुको विकल्प रहेन।

आश्रित

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, जकार्ताका धेरैजसो बासिन्दाहरु भूमिगत पानीमा आश्रित छन्

हेन्ड्री भनेर चिनिने जकार्ताका एकजना घर मालिकले कोसकोसन भनिने लामो होस्टल जस्तो घरहरु बनाएका छन् र दश वर्षदेखि आफ्नो घरमा भाडामा बस्नेहरूलाई दश वर्षदेखि भूमिगत पानी निकालेर उपलब्ध गराइरहेका छन्। उनी यो सडकमा यसरी पानी निकाल्ने कैयौँमध्ये एक हुन्।

"अधिकारीहरुमाथि भर पर्नुभन्दा आफै पानीको व्यवस्था गर्नु राम्रो हो। यस्तो खालको घरमा त धेरै पानी आवश्यक पर्छ।"

स्थानीय सरकारले हालै मात्र भूमिगत पानी अवैधानिक रूपमा निकाल्ने काम समस्याका रुपमा रहेको स्वीकार गरेको हो।

मे महिनामा जकार्ता सहरका अधिकारीहरुले मध्य जकार्ताका गगनचुम्बी भवन, शपिङ मल र होटलहरु रहेको क्षेत्रका ८० वटा भवनहरुको अनुगमन गरेका थिए। भूमिगत पानी निकाल्ने गरेका ५६ भवन मध्ये ३३ वटाले अवैधानिक रूपमा निकाल्ने गरेको पाइएको थियो।

जकार्ताका गभर्नर एनीस ब्यासवेडन भन्छन्, "हरेकसँग भूमिगत पानी निकाल्ने अनुमति पत्र हुनुपर्छ जसका आधारमा उनीहरुले कति पानी निकाले भनेर नाप्न सकियोस्। अनुमति पत्र नलिइकन पानी निकाल्नेहरूको भवन निर्माण प्रमाणपत्र र त्यही भवनमा रहेका व्यवसायीहरुको पनि प्रमाणपत्र फिर्ता लिइनेछ।"

अबैधानिक

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, धेरै भवनहरुले भूमिगत पानी अबैधानिक रुपमा निकाल्ने गरेका छन्

जकार्ता वरपर समुद्रको किनारमा ३२ किलोमिटर लामो ग्रेट गरुडा नाम दिएर पर्खालहरु ठड्याइँदै छन् र १७ वटा कृत्रिम टापुहरु बनाइएको छ। ४० अर्ब डलर खर्चमा बनाइएका ती पर्खाल र टापुले भासिँदै गएको सहरमा उद्धार सहयोग गर्ने आशा अधिकारीहरुले राखेका छन्।

उक्त आयोजनामा डच र दक्षिण कोरियाली सरकारले सहयोग गरेका छन्। यो कृत्रिम प्रयासले पानीको तह तल पुर्याउने र नदीको पानी बाहिर निस्कन सहयोग पुर्याउने ठानिएको छ। पानी परेका बेला हुने गरेको बाढी नियन्त्रणमा पनि त्यसले सहयोग पुर्‍याउने ठानिएको छ।

बाढी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, समुद्र किनारमा बनाइएको पर्खालले सहरमा हुने बाढीको समस्या रोक्ने ठानिएको छ

तर तीनवटा डच गैर नाफामूलक संस्थाहरूले सन २०१७ मा सार्वजनिक गरेको रिपोर्टले समुद्री पर्खाल या कृत्रिम टापुहरूले जकार्ता भासिने समस्या समाधान गर्छ भन्नेमा शंका व्यक्त गरेको छ।

डच वाटर रिसर्च इन्स्टिच्यूट डेलटेयर्सका पानीविज्ञ ज्यान ज्याप ब्रिन्कमनको तर्क छ, त्यो त अन्तरिम उपाय मात्रै हो। त्यसले जकार्ताको भासिने क्रम २०-३० वर्ष पछाडि धकेल्ने मात्रै हो ।

उनी भन्छन्, "त्यसको एउटै मात्र समाधान छ र हरेकलाई त्यो समाधान थाहा छ।"

पर्खाल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, समुद्रको किनारमा पर्खाल बनाउने काम भइरहेको छ

विज्ञहरूका अनुसार समाधान यो हो: भूमिगत पानी निकाल्ने काम बन्द गर्नुपर्छ। पानीका अरू श्रोतहरु वर्षा या नदीको पानी या मान्छेले बनाएका पोखरीहरूबाट पाइपमा ल्याइएको पानी मात्र प्रयोग गरिनुपर्छ। जमिन भासिन नदिन जकार्ताले सन २०५० सम्ममा यो काम गर्नुपर्छ।

प्रदुषण
तस्बिरको क्याप्शन, पानीका वैकल्पिक श्रोत सिटारम नदी असाध्यै प्रदुषित छ

यो सन्देशलाई गम्भिरतापूर्वक मनन गरिएको छैन र जकार्ताका गभर्नर एनीस ब्यासवेडन कम नाटकीय उपायबाट पनि सम्भव रहेको ठान्छन्।

उनी भन्छन्, "बायोपोरी भनिने तरिकाले मानिसहरुले वैधानिक रूपमा भूमिगत पानी प्रयोग गर्न पाउने हुनुपर्छ।"

यो प्रविधिमा एउटा १० सेमी ब्यास भएको र १०० सेमी गहिरो खाल्डो खनिन्छ त्यसले जमिनभित्र पानीको पुनर्भरण हुन्छ।

आलोचकहरु भन्छन्, यस्तो तरिकाले पानीको माथिल्लो तह मात्रै पुनर्भरण हुन्छ जबकी जकार्तामा पानी सयौँ मिटर तलबाट निकालिएको हुन्छ।

पानी रोक्ने पर्खाल
तस्बिरको क्याप्शन, समुद्र हेर्न पाइने घरहरूका अघिल्तिर यहाँ पानी रोक्ने पर्खाल बनाइएका छन्

भूमिगत पानीलाई धेरै तलसम्म पनि पुनर्भरण गर्ने प्रविधि छ तर त्यो धेरै महँगो छ। कृत्रिम पुनर्भरण भनिने यो प्रविधि जापानले ५० वर्षअघि गम्भीररुपमा जमिन खसेपछि यो प्रविधि प्रयोग गरेको थियो। सरकारले भूमिगत पानी निकाल्न रोकेको थियो र व्यवसायीहरुले पानी पुन: प्रयोग गर्न भनेका थिए। त्यसपछि जमिन भासिन रोकिएको थियो।

तर जकार्ताले त्यस्तै गर्न पानीको वैकल्पिक श्रोत आवश्यक हुन्छ। ब्यानडुङ इन्स्टिच्यूट अफ टेक्नलोजका हेरी एन्ड्रियास भन्छन्, "नदी, बाँध र तालहरु सफा गर्न दश वर्षसम्म लाग्न सक्छ। त्यसपछि मात्रै भूमिगत पानीको श्रोत पुनर्भरणका लागि प्रयोग गर्न सकिनेछ।"

जकार्ता
तस्बिरको क्याप्शन, राष्ट्रपति जोको वीडोडोले जर्काताका नदी सफा गर्न वर्षौं लाग्ने बताएका छन्

जकार्ताका बासिन्दाहरु भासिदै गएको सहरको भविष्यबारे भाग्यवादी विचार राख्छन्।

सोफिया फोर्टुनाले भनिन्, "यहाँ खतरा छ र मानिसहरूले त्यो खतरालाई स्वीकार गरेका छन्।"