हार्भी वाइन्स्टिन: आत्मसमर्पणपछि बलात्कार मुद्दा

हार्भी वाइन्सटीन

तस्बिर स्रोत, Reuters

हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनले बलात्कार तथा यौन दुर्व्यवहारका आरोपहरूको सामना गर्न आफैँ न्यूयोर्क प्रहरीसमक्ष प्रस्तुत भएका छन्।

छैसठ्ठी वर्षीय वाइन्स्टिनले लोअर म्यानह्याटनस्थित एउटा प्रहरी चौकीमा पत्रकारहरुको भिड छिचोल्दै वकिलहरूसहित प्रवेश गरेका थिए।

वाइन्स्टिनले दश लाख डलर जमानत तिर्न सहमति जनाइसकेको विवरणहरू प्राप्त भएका छन्।

निगरानीमा राख्न प्रयोग गरिने उपकरण पनि आफ्नो शरीरमा लगाउन उनले स्वीकार गरेको बताइएको छ।

Angelina Jolie, Gwyneth Paltrow and Cara Delevingne have all spoken out
तस्बिरको क्याप्शन, एन्जेलिना जोली, ग्विनेथ पाल्ट्रउ र कारा डेलेभिनले पनि वाइन्स्टिनलाई आरोप लगाएका छन्

उनले आफ्नो राहदानी पनि प्रहरीलाई बुझाउँदै छन्।

#मीटू अभियान

चलचित्र निर्माता वाइन्स्टिनविरुद्ध कैयौँ यौन दुर्व्यवहारका आरोपहरू लागेका थिए।

त्यसैबाट प्रभावित भएर यौन दुर्व्यवहारविरुद्ध विश्वव्यापी अभियान #मीटू सुरु भएको थियो।

उनले चाहिँ आफूले केवल सहमतिमा मात्र शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन्।