‘यदाकदा मात्रै सुन्न पाइने’ सङ्गिनी गीत

पूर्वी नेपालका पहाडी जिल्लामा ब्राह्मण महिलाबाट शुरू भएको मानिने सङ्गिनी गीत अचेल यदाकदा मात्रै सुन्न पाइन्छ।

महिलाहरूले राति घरको काम गर्दै गर्दा सङ्गिनी गीत गाउने चलन छ।

महिलाकै कथाव्यथा पोखिएका ती गीतले नेपालको ग्रामीण परिवेशको झल्को दिने गरेका छन्।