तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्याम्बोडियाबाट अश्लीलताको आरोपमा ७ पर्यटक देशनिकाला
क्याम्बोडियाले अश्लील सामग्री उत्पादन गरेको अभियोग लागेका १० मध्ये सात विदेशी पर्यटकलाई देशनिकाला गरेको छ।
एउटा पार्टीमा यौनजन्य गतिविधि गरेका तस्बिरहरू सार्वजनिक भएपछि अभियुक्तहरूको उक्त समूहलाई गत महिना देशको उत्तरपश्चिमी प्रान्त सिएम रिआपबाट पक्राउ गरिएको थियो।
देशनिकाला भएका ती सात पर्यटकहरू यूके, न्यूजिल्यान्ड र क्यानडाका नागरिक हुन्। उनीहरूलाई गत हप्ता जमानत दिइएको थियो।
यूके, नर्वे र नेदर्ल्यान्ड्सका अरू तीन जनाले भने उक्त पार्टी आयोजना गरेको आरोपमा मुद्दा खेप्नु पर्नेछ।
आफूहरू नग्न नबनेको र कुनै अश्लील सामग्री उत्पादन नगरेको दावी गर्दै दशै जनाले लगाइएका अभियोग अस्वीकार गरेका छन्।
विवरणहरूका अनुसार जमानतको आदेशमा सात जनालाई क्याम्बोडिया छोड्न र फेरि नफर्कन भनिएको थियो।
अभियोग
उनीहरूविरुद्ध लगाइएका अभियोग भने फिर्ता गरिएको छैन।
एउटा वेब्साइटमा प्रकाशित तस्बिरहरूमा केही जोडीहरू यौन मुद्रामा जस्तो गरी भुइँमा पल्टिएका देखिन्छन्।
सिएम रिआप नगर कम्बोडियाको मुख्य पर्यटकीय स्थल मानिने एङ्कोर वाटको प्रवेशद्वार मानिन्छ।
पर्यटकमाझ प्रसिद्ध उक्त नगरको रात्रिकालीन गतिविधिमा केही वर्ययता ठूलो वृद्धि भएको छ।
कहिलेकाहीँ त्यस्ता गतिविधिले पर्यटकलाई क्याम्बोडियाको रूढीवादी समाजमा अप्ठ्यारो परिस्थितिमा परिदिने गरेका पनि छन्।