तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'उत्तर कोरिया संकट समाधान सम्भव'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङसँग उत्तर कोरियाबारे छलफल गरेको बताएका छन्।
सि जिनपिङ र आफूले समाधान सम्भव भएको विश्वास गरेको राष्ट्रपति ट्रम्पले बताए।
उनी द ग्रेट हल अफ द पीपलमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेपछि बोल्दै थिए।
उनले अमेरिका र चीनबीचको व्यापार दुवै देशका लागि सन्तुलित बनाउने बताए।
आलोचना
उनले अघिल्ला अमेरिकी प्रशासनले व्यापारमा चिनियाँ हात माथि पर्न दिएको भन्दै आलोचना गरे।
छुट्टै समारोहमा दुई नेताहरु अरबौं डलरको रणनीतिक औद्योगिक सहकार्यको दस्ताबेजमा हस्ताक्षरको साक्षी बनेका थिए।
राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्मानमा राजकीय रात्रीभोज आयोजना गर्दैछन्।