प्यालेस्टिनी बन्दूकधारीद्वारा ३ इजरेलीको हत्या

इजरेल

तस्बिर स्रोत, EPA

अधिनस्थ वेष्ट ब्यांकस्थित एक यहुदी बस्तीमा हमला गरि एक प्यालेस्टिनीले तीन इजरेली सुरक्षाकर्मीको हत्या गरिदिएका छन्।

प्रहरीका अनुसार हार अदर बस्तीमा काम गर्ने ती हमलाकारीले बस्तीको प्रवेशद्वार नजिक आउँदा शंकास्पद गतिविधि गरे।

लगत्तै उसले गोली चलाउँदा तीन जनाको ज्यान गयो।

हमलाकारीलाई पछि गोली हानी मारियो।

हिंसा

इजरेल तथा प्यालेस्टाइनबीच शान्ति वार्ता पुन: थाल्ने उद्देश्यका साथ अमेरिकी दूत जेसन ग्रीनब्लाट जेरुसलेम आइपुगेकै बेला यो घटना भएको छ।

एक इजरेली मन्त्रीले कुनै पनि वार्ता शुरु हुनुभन्दा पहिले प्यालेस्टिनी आतंकवादी हमला रोकिनुपर्ने बताए।

तर प्यालेस्टिनीहरु चाहिं ती हिंसा इजरेलको व्यवहारका कारण निम्तिएको बताउँछन्।