एन्टीबायोटिक्सको 'कोर्स' पुरा गर्नै पर्छ?

एन्टीबायोटिक्स औषधी पुरा कोर्स खाने कि सञ्चो लागे छोड्ने भन्नेबारे बृहत् अध्ययन गर्नुपर्ने बताइएको छ।

अनुसन्धानकर्ताहरुको तर्क छ, एन्टीबायोटिक औषधी बीचैमा छोड्दा औषधी प्रतिरोधी जीवाणु विकास हुन्छ भन्ने कुरालाई समर्थन गर्ने यथेष्ट प्रमाण छैनन्।

बरु सञ्चो महशुस भएपछि एन्टीबायोटिक्स खान छोड्दा पो एन्टीबायोटिक्स प्रयोग घटाउन सकिन्छ कि भनेर अध्ययन गर्नुपर्ने भएको छ।

तर डाक्टरहरुले अध्ययनको आडमा एन्टीबायोटिक्स पुरा खानुपर्ने बानीलाई परिवर्तन नगर्न भनेका छन्।

अपवाद

अनुसन्धानकर्ताहरुको एक समूहले एन्टीबायोटिक्स प्रतिरोधी समस्यासँग जुझ्न एन्टीबायोटिक्स प्रयोग घटाउनुपर्ने विचार व्यक्त गरेका छन्।

ब्राइटन एण्ड ससेक्स मेडिकल स्कूलका प्रोफेशर मार्टिन ल्यूवेलिनले उनका सहकर्मीहरुसँग साझा धारणा राख्दै एन्टीबायोटिक्स कम प्रयोग गर्न आवश्यक रहेको बताए।

उनले टीबी वा एचआइभी रोगमा लामो समय औषधी प्रयोग गर्नुपर्ने अवस्था अपवादका रुपमा रहने स्वीकारे।

अध्ययनमा अस्पतालहरुले ३ देखि ५ दिनको कोर्स जस्ता छोटो अवधिका लागि र आवश्यक परे मात्रै एन्टीबायोटिक्स दिने प्रवृत्ति बढदो रहेको बताइएको छ।

तर सञ्चो लाग्ने वित्तिकै एन्टीबायोटिक्स खान छोड्नु लाभदायक भन्ने बारे भने प्रष्ट भइसकेको छैन।

यसमा थप अनुसन्धान आवश्यक रहेको उनीहरुले स्वीकारे।