लिबिया विमान अपहरण प्रकरणको अन्त्य

तस्बिर स्रोत, Reuters
मल्टामा जबर्जस्ती अवतरण गराइएको लिबियाको यात्रुवाहक विमान अपहरण प्रकरण अन्त्य भएको छ।
विमानलाई कब्जामा लिएका दुईजना व्यक्तिलाई हतकडी लगाएर लगिएको बताइएको छ।
त्यसअघि सबै यात्रु तथा चालकदलका सदस्यलाई सकुशल विमानबाट बाहिरिन दिइएको थियो।
मल्टाका अधिकारीहरुले त्यसबेला विमानसंग सम्पर्क गर्दा तिनीहरुलाई निश्चित मागहरु पूरा गरेमा यात्रुहरुलाई सकुशल जान दिने बताइएको थियो।
तर ति मागहरु के के थिए र ति पूरा भए या भएनन् भन्ने बारे केहि थाहा भएको छैन।
अपहरण
लिबियामा आन्तरिक उडानमा रहेको उक्त एअरबस ए३२० विमान अपहरण गरी मल्टा लगिएको थियो।
स्थानीय संचार माध्यमहरुले कम्तीमा पनि एकजना व्यक्तिले आफूसंग ह्याण्ड ग्रिनेड रहेको भन्दै विमानमा विस्फोट गराइदिने धम्की दिएको बताएका थिए।

तस्बिर स्रोत, Reuters
केहि संचारमा माध्यमले एकजना भन्दा बढी अपहरणकारी हुन सक्ने अनुमान रहेको पनि बताएका थिए।
लिबियाको सेभा नगरका मेयर कनल हामेद अल-खयालीले बीबीसीलाई बताए अनुसार उक्त विमानमा १११ जना यात्रु र ७ जना चालकदलका सदस्यहरु रहेका थिए।
अनुसन्धान
कनल खयालीका अनुसार उक्त विमान स्थानीय समय अनुसार विहानको ११:०५ बजे सेभाको सैनिक विमानस्थलबाट राजधानी ट्रिपोली तर्फ उडेको थियो।
"विमान अपहरणमा परेको छ र विमान कसरी विस्फोटक पदार्थ वा हतियारहरु कसरी पुर्याइयो भन्ने बारे अनुसन्धान पनि आरम्भ गरिएको छ," कनल
उनका अनुसार घटना परिस्थितीलाई ध्यानमा राखी एक विशेष कमिटिको बैठक पनि बसेको छ।








