टर्कीको विदेश मन्त्रालयले एउटा
विज्ञप्तिमार्फत् राष्ट्रपति बशर अल असदको शासनविरुद्ध गरिएको हवाई आक्रमणलाई ‘उपयुक्त प्रतिक्रिया’भन्दै त्यसको स्वागत गरेको छ।
गत साता डुमामा सिरियाली पक्षले गरेको भनिएको
रासायनिक अस्त्रको प्रसङ्ग उल्लेख गर्दै टर्कीले ब्रिटेन, अमेरिका र फ्रान्सले चालेको कदमले "मानवीय
चेतनालाई सहज" तुल्याएको टिप्पणी गरेको छ।
अंकाराका दृष्टिमा डुमामा सर्वसाधारणविरुद्ध
भएको आक्रमण "मानवताविरुद्धको अपराध" सरह थियो र त्यसलाई दण्डित गर्नै
पर्छ भन्ने उनको अडान छ।
सिरिया सरकारले उक्त घटनालाई बढाइचढाइ गरिएको
दाबी गरेको छ। उसको साझेदार रुसले भने त्यो घटनामा ब्रिटेनको पनि संलग्नता भएको
आरोप लगाएको छ।
टर्कीले सिरियाली सरकारविरुद्ध लडिरहेका
विद्रोहीहरूलाई सघाएको छ। तर उसले उत्तरी सिरियामा रहेका कुर्द फौजविरुद्ध पनि
सैन्य कारबाही सुरु गरेको छ।
उत्तरी सिरियामा हवाई आक्रमण गर्नका लागि
टर्कीले रुससँग एउटा सहमति गरेको बताइएको छ।