युक्रेनमा युद्धबन्दी बनेका छोराको पर्खाइमा बेचैन आमाहरू

युक्रेनमा युद्धबन्दी बनेका छोराको पर्खाइमा बेचैन आमाहरू

युक्रेनमा युद्धबन्दीका रूपमा सार्वजनिक भएका दुई नेपाली काभ्रेका सिद्धार्थ ढकाल र दाङका प्रतीक पुनका आमाहरूले आफ्ना छोरालाई सकुशल स्वदेश फर्काउन ढिलाइ नगर्न आग्रह गरेका छन्।

यसै वर्ष अध्ययन गर्न रुस पुगेका ढकाल र पुनले युक्रेनबाट केही दिन अघि भिडिओमार्फत रिहाइका लागि अपिल गरेका छन्।

विभिन्न कारणले रुसी सेनामा भर्ना भएका उनीहरू काम गर्दागर्दै युक्रेनी सेनाको नियन्त्रणमा पुगेका हुन्।

उक्त खबर सुनेदेखि नै उनीहरूको परिवारले सरकारसमक्ष रिहाइका लागि पहल गर्दै आएको छ।

नेपालले आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती हुने अनुमति दिएको छैन।

तर उल्लेख्य सङ्ख्यामा नेपाली युवाहरू अहिले जारी युद्धमा सहभागी हुने गरी रुसी सेना र सीमित सङ्ख्यामा युक्रेनी सेनामा भर्ती भएको देखिन्छ।

परराष्ट्र मन्त्रालयले युक्रेनमा युद्धबन्दी बनेका नेपालीलाई छुटाउन कूटनीतिक पहल गरेको बताउँदै आएको छ।

सिद्धार्थ ढकालकी आमा गङ्गा र प्रतीक पुनकी आमा तिलकुमारीसँग गरिएको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।