१० वर्षे बालकले जब कार चोरेर हुइँक्याउँदै ल्याए

१० वर्षे बालकले जब कार चोरेर हुइँक्याउँदै ल्याए

संयुक्त राज्य अमेरिकाको मिनियापलिसमा प्रहरीले कार चोरी गरेर स्थानीय विद्यालयको खेलमैदानमा तीव्र गतिमा चलाउँदै ल्याउने एक १० वर्षीय बालकलाई पक्राउ गरेका छन्।

उनले त्यसो गर्दा त्यहाँ खेलिरहेका अरू बालबालिका अलिकतिले जोगिएका थिए। प्रहरीका अनुसार नेली स्टोन जोन्सन स्कूलमा गत सेप्टेम्बर २० मा उक्त घटना भएको थियो।

ती बालकलाई अरू व्यक्तिमाथि भौतिक आक्रमण गर्न खोजेको आरोप लागेको छ।

प्रहरीको अभिलेखमा ती बालकले त्यसअघि पनि ३० वटा कसुर गरेको देखिएको छ। त्यस्ता कसुरमा गाडी चोरेको र मानिसमाथि भौतिक आक्रमण गरेको देखिन्छ।

उनको परिवारले स्थानीय अधिकारीहरूलाई सघाइरहेको छ भने स्थानीय प्रहरी प्रमुखले थप हानि नहुन तत्काल हस्तक्षेप गर्नुपर्ने औँल्याएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।