अमेरिकामा कखरा सिक्दै नेपाली विद्यार्थी

अमेरिकामा कखरा सिक्दै नेपाली विद्यार्थी

नेपाली समुदायका बालबालिकालाई संस्कृति र परम्परा सिकाउन अमेरिकामा नेपाली भाषाको पढाइ फलदायी बनेको अभिभावक तथा शिक्षकले बताएका छन्।

आप्रवासी नेपाली भएका जापान, अमेरिका, ब्रिटेन लगायतका मुलुकमा त्यसरी नेपाली भाषा र संस्कृति सिकाउने केन्द्रहरू खोलिएका जानकारी सार्वजनिक हुने गरेका छन्।

अमेरिकाको जर्जिया राज्यको एटलान्टा सहरमा त्यस्तै एक केन्द्र नेपाली बालबालिकालाई लक्षित गरी सञ्चालनमा छ।

झन्डै ५० जना विद्यार्थीले साप्ताहिक रूपमा पढ्ने उक्त स्कूलमा नेपाली भाषाको पढाइको साथै नेपाली नृत्य, रितिरिवाज तथा चाडपर्वको बारेमा पनि जानकारी गराइन्छ।

अमेरिकाबाट कृष्णमणि बरालले पठाएको सामग्रीमा आधारित भएर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।