तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय बालकले चितुवालाई यसरी कोठाभित्र थुने
आनन्दले बसेर फोन चलाइरहँदा तपाईँको कोठाभित्र चितुवा पस्यो भने तपाईँ के गर्नुहुन्छ?
भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको छ।
साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहितविजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका थिए।
मोहित डरले भागेनन्, बरु संयमित भए र चितुवालाई भित्र राखेर ढोका बन्द गरे। आफू चाहिँ बाहिर भागे।
पछि वन विभागका अधिकारीहरूले चितुवालाई नियन्त्रणमा लिए।
सीसीटीभीमा खिचिएको यस दृश्यमा आधारित यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।