तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिडियाखानाभित्रै ढलेका रूखमा कुँदिएका जनावर
ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ढले पडेका रूखका मुढामा केही कलाकारहरूले त्यहाँ संरक्षित जनावरका विभिन्न आकृति बनाइरहेका छन्।
गत जेठ महिनाबाट विभिन्न जनावरहरू हेर्दै मूर्ति बनाइरहेका कलाकारहरूमध्ये एक विभूषण ताम्राकार भन्छन्, ''जनावरको फोटो हेरेर मूर्ति बनाउनभन्दा प्रत्यक्ष हेरेर बनाउँदा निकै रमाइलो र सजिलो हुँदोरहेछ।''
चिडियाखानाका काठबाट बन्ने मूर्तिलाई त्यहाँ अवलोकन गर्न आउने दर्शकले पनि हेर्न मिल्ने गरी राखिने चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले बताए।
हाल चिडियाखानामा १०८ प्रजातिका १,१५७ वटा जीवजन्तु संरक्षित छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ स्टोरी।