बोतलमा चामलः उत्तर कोरियालीहरू भोकभोकै मर्न थालेको सुनेपछि यस्तो सहयोग

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बोतलमा चामलः उत्तर कोरियालीहरू भोकभोकै मर्न थालेको सुनेपछि यस्तो सहयोग

पार्क जङ ओह २६ वर्षअघि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका थिए।

ह्वेङ्हे प्रान्तमा खाद्यान्न अभाव भएको र मानिसहरू भोकभोकै मर्न थालेको सुनेपछि उनले सन् २०१५ देखि बोतलमा अन्य चिजसँगै चामल भरेर पठाउन थाले। बोतल समुद्रमा फालिन्छ।

दक्षिण कोरियाले उक्त कार्यमा रोक लगायो। तर उनले गोप्य रूपमै त्यो काम जारी राखे। उनीविरुद्ध प्रहरीले तीन वर्ष अनुसन्धान पनि गर्‍यो।

गत वर्ष त्यहाँको संवैधानिक अदालतले "उत्तर कोरियातिर उत्तर कोरियाविरोधी सामग्री पठाउने कार्य"माथि लागेको प्रतिबन्ध हटाइदियो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।