उत्तर कोरियामा दक्षिण कोरियाली टीभी कार्यक्रम हेर्ने दुई किशोरलाई कठोर सजाय

भिडिओ क्याप्शन सुरु हुँदैछ,
उत्तर कोरियामा दक्षिण कोरियाली टीभी कार्यक्रम हेर्ने दुई किशोरलाई कठोर सजाय

बीबीसी कोरियनले प्राप्त गरेको एउटा दुर्लभ भिडिओमा उत्तर कोरियामा दुई किशोरलाई दक्षिण कोरियाली टेलिभिजन कार्यक्रम हेरेको आरोपमा कडा सजाय सुनाइएको देखिन्छ।

सन् २०२२ मा खिचिएको उक्त भिडिओमा १६ वर्षका दुई किशोरलाई एउटा रङ्गशालामा सयौँ विद्यार्थीहरूका अगाडि हतकडी लगाएर उपस्थित गराइएको र १२ वर्ष कडा श्रम गर्नुपर्ने सजाय सुनाइएको देखिन्छ।

भिडिओमा सादा पोसाकमा खटिएका अधिकारीहरूले ती दुई किशोरलाई "आफूले गरेको गल्तीमा पछुतो नमानेको" भन्दै गाली गरेको पनि सुनिन्छ।

प्योङ्याङले विदेशी जीवनशैली र मनोरञ्जनात्मक सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

यो भिडिओ बीबीसीलाई द साउथ एन्ड नोर्थ डिभेलप्मन्ट (स्यान्ड) नामक अनुसन्धान संस्थाले उपलब्ध गराएको हो। उक्त संस्थाले उत्तर कोरियाबाट पलायन भएका मानिसहरूसँग मिलेर काम गर्छ।

दुई किशोरलाई सजाय सुनाइएको बेलाको भिडिओ उत्तर कोरियामा सर्वसाधारणलाई 'नैतिक शिक्षा' दिने प्रयोजनमा प्रयोग हुने गरेको बताइएको छ।

उत्तर कोरियाले देशमा सर्वसाधारण मानिसको दैनिक जीवन झल्किने कुनै पनि प्रमाण तथा तस्बिर र भिडिओ बाह्य संसारलाई देखाउन रोक लगाएकाले यो भिडिओलाई दुर्लभ मानिएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।