'उत्तर कोरियामा पैसा पठाउनु जासुसी चलचित्रजस्तो'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'उत्तर कोरियामा पैसा पठाउनु जासुसी चलचित्रजस्तो'

शत्रुवत् सम्बन्ध भएका उत्तर कोरिया र दक्षिण कोरियाबीच वैध तरिकाले पैसा पठाउने कुनै माध्यम छैन। त्यसैले उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा बसोबास गरिरहेका मानिसहरू उत्तर कोरियास्थित आफ्ना घरमा पैसा पठाउन अवैधानिक 'दलालहरू'को सहयोग लिन्छन्।

ती दलालहरू आफ्नो ज्यान जोखिममा राखेर काम गर्छन्।

केही समयअघिसम्म दक्षिण कोरियाली अधिकारीहरूले पैसा लेनदेनमा सघाउने दलालहरूलाई खासै वास्ता गरेका थिएनन्। तर अहिले भने उनीहरूले निगरानी बढाएका छन्।

बीबीसी कोरियनले यसरी पैसा पठाउने काममा संलग्न केही दलालसँग कुरा गरी यो सामग्री बनाएको छ। यसमा उनीहरूले आफूले उत्तर कोरियाबाट भागेका मानिसका परिवारलाई जीविका चलाउन सहयोग गरेको बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।