तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तस्बिरमा हेर्नुहोस् अर्बपति जेफ बेजोस र लरेन सान्चेजको बिवाह
एमजनका संस्थापक जेफ बेजोस र लरेन सान्चेज विलासी विवाहमा सहभागी हुन रियालिटी स्टार, कलाकार, राज परिवारका सदस्य र कैयौँ सेलिब्रिटीहरू भेनिस पुगेका छन्।
अमेरिकी प्रस्तोता तथा नायिका ओप्रा विन्फ्री, नायक ओर्लान्डो ब्लूम, अमेरिकी सञ्चारकर्मी काएली जेनर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प लगायतका सेलिब्रिटीहरू शुक्रवार इटलीको उक्त सहरमा देखिएका थिए।
तीन दिन चल्ने विवाह उत्सवको अन्तिम दिन शनिवार भव्य पार्टीको आयोजना गरिएको छ।
जलवायु परिवर्तन र पर्यटनका स्थानीय अभियानकर्मीहरूले विवाहको विरोधमा प्रदर्शन पनि गरेका छन्।
इन्स्टाग्राममा पोस्ट गरिएको एक तस्बिरमा गाउनमा सजिएकी ५५ वर्षकी सान्चेज ६१ वर्षका बेजोसको छेउमा मुस्कुराइरहेको देखिन्छ।
शुक्रवारको वैवाहिक कार्यक्रममा करिब २०० जनालाई निम्तो गरिएको थियो।
विवाहको खर्च कति हुन्छ भन्ने प्रस्ट नभए पनि त्यो दुई करोड देखि साढे चार करोड अमेरिकी डलरसम्म हुनसक्ने ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।