स्लोभाकियाको सहरमा भालुको आतङ्क
स्लोभाकियाको लिप्तोभ्स्की मिकुलास नगरमा भालुको आक्रमणमा परेर दुई जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गर्नुपरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त भालुलाई सहरबाट जङ्गलतिर लखेटेको छ।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा उक्त भालु सडकमा दौडिएको र त्यसले एक ठाउँमा एक व्यक्तिलाई झम्टेको देखिन्छ।
स्लोभाकियामा केही वर्षदेखि भालुले मानिसलाई आक्रमण गरेका घटनाहरूमा वृद्धि भएको छ।
मध्य तथा पूर्वी युरोपमा सन् १९८९ देखि पर्यावरण सुरक्षामा ध्यान दिन थालिएपछि कार्पाथिअनको पर्वतीय भेगमा भालुको सङ्ख्या बढेको हो। उक्त पर्वतीय क्षेत्र रुमेनिआदेखि युक्रेन हुँदै स्लोभाकिया र पोल्यान्डसम्म फैलिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



