मलावीमा केरा चाँडै पाकेपछि खेर जान नदिन मदिरा उत्पादन

भिडिओ क्याप्शन सुरु हुँदैछ,
मलावीमा केरा चाँडै पाकेपछि खेर जान नदिन मदिरा उत्पादन

मलावीको करोङ्गाका मानिसहरूले जलवायु परिवर्तनको दुष्प्रभाव खेप्नुपरेको छ। पानीको तह बढेपछि मलावी तालसँग जोडिएका ठाउँमा केराखेती गर्दै आएका किसानहरू टाढा सर्न बाध्य भए।

उनीहरूले खेती गर्न थालेको नयाँ ठाउँमा प्रचण्ड गर्मीका कारण केरा चाँडै पाक्न थाल्यो। आफ्नो उत्पादन खेर जाने डरले उनीहरूलाई सतायो। तर उनीहरूले एउटा जुक्ति निकाले - केराको मदिरा बनाएर बेच्ने।

केराखेती गर्ने केराबाट मदिरा बनाउने महिलासँग हामीले कुरा गरेका छौँ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।