यो समुद्री झार खाँदा मानिसलाई कस्तो फाइदा हुन सक्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
यो समुद्री झार खाँदा मानिसलाई कस्तो फाइदा हुन सक्छ

जलवायु परिवर्तनका कारण खडेरी र बाढीपहिरोजस्ता घटनाहरूको सङ्ख्या र तिनबाट हुने क्षति बढ्दा संसारमा पर्याप्त खाद्यान्न उत्पादन गर्न कठिन भएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार बढ्दो जनसङ्ख्याको माग पूरा गर्न सन् २०५० सम्म विश्वको खाद्य उत्पादन क्षमता ७० प्रतिशतले बढ्नुपर्ने छ। यसका लागि समुद्री झार एक भरपर्दो विकल्प हुन सक्छ।

समुद्री झार व्यक्तिगत स्वास्थ्यदेखि पर्यावरणसम्मका लागि लाभदायक छ।

यस भिडिओमा बीबीसीले लन्डनका शाकाहारी रेस्टुराँ व्यवसायी तथा शेफ किर्क हावर्थ र समुद्री पर्यावर्णविद् प्राध्यापक एना केइरससँग कुरा गरेको छ।

हावर्थले समुद्री झारलाई धेरै किसिमका परिकारमा प्रयोग गर्न सकिने र प्रशस्त पौष्टिक तत्व पाइने भन्दै भन्दै प्रशंसा गरेका छन् भने केइरसका अनुसार यो झार आर्थिक र पर्यावरणीय दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ।

हेर्नुहोस् भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।