पृथ्वीमा उल्का बज्रिँदा हजारौँ वर्षअघि बनेको ताल

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पृथ्वीमा उल्का बज्रिँदा हजारौँ वर्षअघि बनेको ताल

हजारौँ वर्षअघि भारतको महाराष्ट्रस्थित लोनार क्षेत्रमा एउटा उल्कापिण्ड बज्रिँदा बनेको खाडलमा प्राचीनकालदेखि नै एउटा ताल छ।

सुन्दर लोनार ताललाई वैज्ञानिकहरू 'भौगर्भिक चमत्कार' मान्छन्। उक्त तालमुनि जमिनमा रहेको चट्टानका कारण तालको कुनै भागमा पानी क्षारीय हुन्छ भने कतै न त अम्लीय न त क्षारीय हुन्छ।

लोनार तालको सांस्कृतिक र ऐतिहासिक महत्त्व पनि रहेको छ। महाराष्ट्र राज्यको सरकारले उक्त ताललाई यूनेस्को विश्व सम्पदा सूचीमा राख्नुपर्ने प्रस्ताव अघि सारेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।