पृथ्वीमा बज्रिने खतरा रहेको एउटा क्षुद्रग्रहको निगरानी गर्दै वैज्ञानिकहरू
सन् २०३२ मा एउटा क्षुद्रग्रह पृथ्वीमा बज्रिने खतरा रहेको देखिएपछि वैज्ञानिकहरूले त्यसको निगरानी गर्न थालेका छन्।
'२०२४ वाईआर४' (2024 YR4) नामकरण गरिएको उक्त खगोलपिण्ड ४०-९० मिटर चौडा रहेको ठानिएको छ। यदि यो क्षुद्रग्रह पृथ्वीमा बज्रियो भने अणुबम विस्फोट हुँदाको जस्तो अवस्था उत्पन्न हुने अनुमान गरिएको छ।
तर उक्त क्षुद्रग्रह पृथ्वीमा आइपुग्ने सम्भावना भने निकै न्यून छ। थप अवलोकन गरेपछि त्यस्तो अवस्था अझ कम हुन सक्ने वैज्ञानिकहरू ठान्छन्। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




