तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्पेस स्टेशनबाट अन्तरिक्षमा यसरी मिल्काइयो फोहोर
रुसी अन्तरिक्षयात्री सेर्गेई प्रोकोप्येभ र दिमित्री पेटेलिन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाहिर गत साता सात घण्टा हिँडेका छन्।
त्यस क्रममा उनीहरूले आईएसएसमा जडित पाँच किलोग्राम तौलको प्रयोगहीन सामग्रीलाई छुट्ट्याएर अन्तरिक्षमा मिल्काइदिएका छन्।
उक्त फोहोर वायुमण्डलमा पुगेर जल्ने तर त्यसो हुँदा कुनै पृथ्वीमा कुनै हानि नपुग्ने बताइएको छ।
नासाका अनुसार प्रोकोप्येभ र पेटेलिनले युरोपेली रोबटिक आर्म अपरेटर तथा अन्तरिक्षयात्री आन्द्रेई फेद्याएभको सहयोगमा आईएसएसमा एउटा प्रयोगात्मक एअरलक उपकरण स्थानान्तरण गरेका थिए।
यी दुई अन्तरिक्षयात्रीले फेरि मे १२, शुक्रवार एउटा रेडिअटर सार्न तथा अन्य प्राविधिक काम गर्न फेरि अन्तरिक्षमा हिँड्ने योजना भएको नासाले जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- रुस किन छुट्टै अन्तरिक्ष स्टेशन बनाउन चाहन्छ
- अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फेरि अर्को समस्या, धुवाँ र प्लास्टिक जलेको गन्ध फैलियो
- जब अमेरिकी गुप्तचरले रुसी अन्तरिक्षयान चोरे...
- जुत्ताको बट्टा जत्रो भू-उपग्रहहरूले कसरी विश्व बदल्ने प्रयास गरिरहेका छन्?
- पहिलो पटक मानवसहित अन्तरिक्ष गएको यानमा यस्ता खतरा थिए
- मङ्गल ग्रहमा जीवन खोज्ने प्रयासमा नासा
- आईएसएसमा अमेरिकीको अन्तरिक्ष यात्रा