म्युनिखमा अमेरिकी उपराष्ट्रपतिको युरोपलक्षित चर्को भाषण, युक्रेन र प्रतिरक्षा मुद्दालाई उपेक्षा

    • Author, फ्रयाङ्क गार्डनर
    • Role, बीबीसी सुरक्षा संवाददाता, म्युनिख

यस वर्षको म्युनिख सुरक्षा सम्मेलन मुख्यतः दुईवटा विषयमा केन्द्रीत हुनुपर्ने थियो: कसरी रुसलाई माथि नपारिकन युक्रेन युद्ध अन्त्य गर्ने र युरोपको आफ्नो रक्षा खर्च किन बढाउने?

तर उक्त सम्मेलनमा वासिङटनका सबैभन्दा वरिष्ठ अधिकारीका रूपमा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्स मञ्चमा उपस्थित हुँदा यी दुवै विषयमा कुरा गर्न समय खर्चिएनन्।

बरु शुक्रवार उनले ब्रिटेनसहितका वासिङटनका साझेदारहरूमाथि बारम्बार हमला गर्दै त्यहाँ उपस्थित विभिन्न देशका प्रतिनिधिलाई अचम्मित पारे।

उनका अभिव्यक्तिमा मिथ्या सूचना एवं दुष्प्रचारविरुद्धका अभियान र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको चर्को रूपमा चर्को निन्दा गरिएको थियो।

त्यहाँ उनले युरोपले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति रुस वा चीनबाट नभईकन "आफैँभित्रबाट" रहेको बताए।

जसका कारण सम्मेलन हलमा उनी बोलेको २० मिनेटसम्म अचम्मलाग्दो मौनता छाएको थियो।

ठट्टा कै रूपमा एक फेर उनले भने: "यदि अमेरिकी लोकतन्त्र १० वर्षदेखि [जलवायु अभियानकर्मी] ग्रेटा टून्बेर्गको गाली सहन सक्छ भने, तपाईँहरू पनि केही महिना इलोन मस्कलाई सहन सक्नुहुन्छ।"

तर त्यसले त्यहाँ एक जनालाई पनि हँसाउन सकेन।

भान्सका आरोप

उनले युरोपेली सरकारहरू आफ्ना मूल्यहरूबाट पछि हटेको र आप्रवासन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा मतदाताको चासोलाई बेवास्ता गरेको आरोप लगाए।

भान्सको मन्तव्य अभूतपूर्व रूपमा कमजोर मूल्याङ्कन गरिएको फितलो प्रकृतिको थियो। तर त्यो कोप्रति लक्षित थियो?

उनको मन्तव्यपछि एक जना अमेरिकी टिप्पणीकारले मलाई भने: "त्यो सबै आन्तरिक अमेरिकी खपतका लागि थियो।"

भान्सले त्यहाँ ट्रम्प प्रशासनको अडान दोहोर्‍याउँदै युरोपले "आफ्नो प्रतिरक्षाको लागि ठूलो कदमसहितको बाटो चाल्नु पर्ने" बताए।

युक्रेन युद्धको उल्लेख गर्ने क्रममा भान्सले "उचित समाधान" मा पुग्न सकिने आशा गरिएको बताए।

यद्यपि त्यहाँ उनले युद्धरत युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेर सकारात्मक देखिने सक्दो प्रयास गरे।

जेलेन्स्कीका अनुसार उनीहरूबीच "राम्रो संवाद" भयो जसलाई उनले "हाम्रो पहिलो बैठक, पक्कै पनि यो अन्तिम हुनेछैन" भने।

युक्रेनी नेताले वासिङटन र किएभबीच थप संवाद र सहकार्यमा जोड दिँदै त्यसले "पुटिनलाई रोक्ने र युद्ध अन्त्य गर्ने योजना तयार पार्ने" बताए।

"हामी साँच्चिकै निकै धेरै शान्ति चाहन्छौँ। तर हामीलाई वास्तविक सुरक्षा सुनिश्चितता चाहिन्छ," जेलेन्स्कीले थपे।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शान्ति चाहेको बताए पनि त्यो उनको सर्तको शान्ति हो।

जबसम्म ती गोप्य रूपमा परिवर्तन हुँदैनन् तबसम्म ती रुसी मागलाई बल दिने र मस्कोलाई कब्जा गरिएका भूभाग स्थायी रूपमा समर्पण गर्नु हुनेछ।

युक्रेनबारे अमेरिकी कदमको चिन्ता

यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सन् २०१४ मा पहिलो रुसी आक्रमणअघिको अवस्थामा फर्कनु "यथार्थवादी नहुने" बताएका थिए।

नेटोमा जोडिने जेलेन्स्कीको एउटा प्रमुख महत्त्वाकाङ्क्षालाई समेत अमेरिकाले पाखा लगाएको छ।

र अर्को पटक रुसले आक्रमण गरेमा युक्रेनको सिमानाको रक्षा गर्न अमेरिकी सेना पठाउने कुरा समेत नकारेको छ।

म्युनिख सुरक्षा सम्मेलनअघि ट्रम्पको पुटिनसँग ९० मिनेट लामो सौहार्दपूर्ण रूपमा टेलिफोन संवाद भएको कुराले युरोप स्तब्ध छ।

त्यसले सन् २०२२ मा सुरु भएको रुसी आक्रमणयता रुसी नेतासँग वार्ता नगरेको पश्चिमी विश्वको अवस्थाको अचानक अन्त्य भएको छ।

म्युनिखमा भेला भएका प्रतिनिधिहरूले शनिवार उच्चस्तरीय संवादमार्फत् युक्रेन युद्धमा ध्यान केन्द्रित गर्ने कार्यक्रम छ।

म्युनिखमा भेला भएका युरोपेली नेता र उनीहरूका प्रतिनिधिमण्डलमाझ रहेको चिन्ता युक्रेनका विषयमा शान्ति सम्झौता सुनिश्चित गर्ने हतारोमा रहेका डोनल्ड ट्रम्पसँग छ।

त्यसले कतै पुटिन विजयी र बलियो बन्दै युरोपमा थप भूभाग हत्याउने योजनालाई त सघाउने छैन भन्ने उनीहरूको डर छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।