'एक लिटर विषको लाखौँ डलर': मरुभूमिमा विषालु बिच्छी खोज्दै वैज्ञानिकहरू
पाकिस्तानको मरुभूमिमा मध्यराततिर वैज्ञानिकहरूको एउटा टोली हिजोआज बिच्छीको खोजीमा निस्किन्छ।
प्रयोगशालामा ल्याइसकेपछि अनुसन्धानकर्ताहरू ती बिच्छीको पुच्छरबाट विष निकाल्छन्। बिच्छीको विषमा निकै उपयोगी यौगिकहरू हुन्छन्।
वैज्ञानिकहरू बिच्छीको विषबाट क्यान्सर र पीडाको उपचार गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छन्।
तस्करहरूले पनि बिच्छी समात्ने र विष निकाल्ने गरेको पाइन्छ। अवैध बजारमा एक लिटर विषको लाखौँ डलर पर्ने बताइन्छ।
विषालु बिच्छी र आफ्नो अनुसन्धानबारे पाकिस्तानी वैज्ञानिकहरू के भन्छन्? हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



