सस्तो 'इन्क्युबेटर'ले महिना नपुगी जन्मिएका हजारौँ शिशुको ज्यान जोगाउँदै

सस्तो 'इन्क्युबेटर'ले महिना नपुगी जन्मिएका हजारौँ शिशुको ज्यान जोगाउँदै

महिना नपुगी जन्मने शिशुहरूको जीवन जोगाउन 'इन्क्युबेटर'जस्ता उपकरणहरू प्रयोग गरिन्छ।

तर सामान्यतया त्यस्ता महँगा उपकरणहरू विकासशील देशका सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन्छन्।

स्पेनका पाब्लो बेर्गासाले स्थापना गरेको 'इन्क्युनेस्ट' नामक संस्थाले व्यापारिक इन्क्युबेटरभन्दा कैयौँ गुना सस्तो इन्क्युबेटर बनाएका छन्। यो उपकरणमा मूल्य घटाउनका लागि अन्य विशेषताहरू नराखी शिशुहरूलाई न्यानो बनाउने प्रणालीमा मात्र जोड दिइएको छ।

यस्ता उपकरण विभिन्न गैरसरकारी संस्थाहरूमार्फत् अफ्रिकी मुलुकहरूमा पठाइन्छ। त्यसले हजारौँ शिशुको ज्यान जोगाएको अफ्रिकी देशका गैरसरकारी संस्था र बालरोग विशेषज्ञहरूको दाबी छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।