तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
झम्टिन आएको बाघबाट चिनियाँ किसान अलिकतिले जोगिए
उत्तरी चीनको हिलङ्ज्याङ प्रान्तस्थित एउटा गाउँमा एउटा साइबेरियन बाघको आक्रमणमा पर्नबाट एक किसान जोगिएको देखिने भिडिओ सार्वजनिक भएको छ।
दौडिँदै झम्टिन आएको उक्त बाघ ती व्यक्तिले आफ्नो कृषि फारमको मूलगेट बन्द गरेपछि त्यसमा ठोकिएको देखिने दृश्य सुरक्षा निगरानीका लागि राखिएको सीसीटीभी क्यामराले खिचेको छ।
यो भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि सो प्रान्तका अधिकारीहरूले स्थानीय बासिन्दालाई जङ्गली बाघसँग जोगिने उपाय गर्न सूचित गरेका छन्।
'चाइना डेली' वेबसाइटका अनुसार उक्त बाघसँग अर्को ठाउँमा जम्काभेट हुँदा अर्का एक गाउँलेको नाडीको हड्डी चर्किएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।