तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पृथ्वीमाथि रङ्गीन आकाशमा चन्द्रमा अस्ताएको अद्भुत दृश्य
सौर्य आँधीका कारण उत्तरी गोलार्धमा ‘ओरोरा बोरिआलिस’ अर्थात् ‘नोर्दर्न लाइट्स’ देखा पर्ने अवस्था सिर्जना भयो। अन्तरिक्षबाट पनि रात्रिकालीन आकाश निकै रङ्गीन देखियो।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्षयात्री म्याथ्यू डोमिनिकले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट “राता र हरिया प्रकाशको लहरमा चन्द्रमा अस्ताएको” अद्भुत दृश्यको टाइमल्याप्स भिडिओ खिचेका छन्।
उत्तरी गोलार्धमा पर्ने ठाउँहरूबाट राति आकाशमा रङ्गीन र गतिशील उज्यालो देखिन्छ। त्यो देखेर मानिसहरू हजारौँ वर्षदेखि विस्मित हुँदै आएका छन्।
हेर्नुहोस् यो आवाज नभएको भिडिओ।