तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिरालोसँग घुलमिल हुने अवसर दिने क्याट क्याफे
काठमाण्डूमा बिरालोप्रेमीका लागि बिरालोसँग खेल्दै खाना खान मिल्ने क्याट क्याफेमा भिन्दै दृश्य देखिन्छ।
यो क्याफेमा १३ वटा बिरालो छन्। बिरालोप्रेमीहरूले क्याफेमा भएका बिरालोसँग खेल्दै, तिनीहरूलाई तिनकै खाना खुवाउँदै आफू खाना खान मिल्छ।
तर आफूसँग भएको बिरालो वा अरू जनावर त्यहाँ लैजान पाइँदैन।
एक्लोपन महसुस गर्नेहरूले जनावर पाल्नाले एक्लोपन कम हुनसक्ने र अरू जनावरको तुलनामा बिरालो पाल्न सहज हुने भएकोले बिरालो पाल्नेहरूको सङ्ख्या बढ्दै गएको क्याफेका सञ्चालक रोहन पाण्डे बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।