नदीनालाबाट प्लास्टिक बटुल्ने नयाँ साधन 'बिअरको फोकाबाट प्रेरित'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
नदीनालाबाट प्लास्टिक बटुल्ने नयाँ साधन 'बिअरको फोकाबाट प्रेरित'

समुद्रमा थुप्रिने प्लास्टिकका कारण त्यहाँको पर्यावरणमा ठूलो क्षति पुग्छ। समुद्रमा पुग्ने अधिकांश प्लास्टिक मानिसले नदीनालामा फाल्ने फोहोरमा हुन्छ।

ग्लासमा खन्याइएको बिअरमा बनेका हावाका फोकाहरू देखेर त्यसबाट उत्प्रेरित हुँदै वैज्ञानिकहरूले एउटा नयाँ उपकरण बनाएका छन्।

'द ग्रेट बबल ब्यारिअर' नाम दिइएको यो उपकरणले जलाशयमा जम्मा भएको प्लास्टिक सङ्कलन गरेर प्रदूषण नियन्त्रण गर्न सघाउँछ।

द नेदरल्यान्ड्सको एम्स्टर्ड्यामका नहरहरूमा यो उपकरण प्रयोग गरेर प्लास्टिक सङ्कलन गर्न थालिसकिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

प्लास्टिक प्रदूषण नियन्त्रण गर्ने प्रविधि